अन्तरार्ष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानबाट तुलसी दिवस सम्मान

१३ कार्तिक २०६९, सोमबार ०६:४३ मा प्रकाशित

जया राई, बेलायत । अन्तरार्ष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले प्रा. तुलसी दिवसलाई यही २७ अक्टुबर २०१२ को दिन साऊथ ईस्ट लन्डन स्थित गोर्खा क्लबमा साहित्यक कार्यक्रम गरी सम्मान गरेको छ । सँस्थाको अध्यक्ष विकलचन्द्र आचार्यले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कवि तथा प्रा. तुलसी दिवसले अनेवाको वेब साईटको समेत उद्घाटन गर्नु भयो । अनेवाको वेब साईट बनाउन सहयोग गर्नु हुने महेन्द्र विक्रम कुवरलाई अनेवाको अध्यक्ष विकलचन्द्र आचार्य र प्रमुख अतिथि तुलसी दिवसले सयुक्त रुपमा संस्थाको तर्फबाट प्रशंसापत्र प्रदान गर्दै खादाले सम्मान गर्नु भयो भने कार्यक्रमको संचालन साहित्यकार तथा अनेवाको उपाध्यक्ष गोपीकृष्ण प्रसाईले गर्नु भएको थियो । कार्यक्रममा बोर्ड अफ ट्रष्टीका अध्यक्ष खगेन्द्र पाठकले स्वागत मंतव्य दिनुभएको थियो भने, महासचिव जयालक्ष्मी राई शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा संथाका उपाध्यक्ष किरण थेवे लिम्बू, सचिव नारायण अधिकारी, बाल साहित्यकार बिनोद न्यौपाने, मनिष श्रेष्ठ, हेमन्त पौडेल, विनोद प्रसाद पन्थी, मनोज विक्रम कुँवर, आशीष कुमार टंडन, प्रतीक्षा कंडेल लगायत अन्य साहित्यकारहरुको समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै प्रा तुलसी दिवसले लोकभाका, लोक साहित्य र लोक संस्कृतिले नेपाली परिवेशको नेपाली जनको आवाज बोकेको छ भन्नु हुदै प्रवासमा नेपाली भाषा र सँस्कृति बचाउनको लागि अनेवाले सुरु गरेको यस्तो कार्यक्रमले नेपाली साहित्य विकासमा अझै ठुलो योगदान पुगिरहेको कुरा समेत ब्यक्त गर्नु भयो । तुलसी दिवसले लेखेका कविताहरु लगायत उहाको लोकप्रिय प्रकाशित कृतिहरुको बारेमा बोल्दै साहित्यकार गोपीकृष्ण प्रसाईले तुलसी दिवसले नेपाली जनमानसको भावना समेट्दै लोक सस्कृति र लोक परम्परालाई साहित्यमा उल्लेख गर्नु भएको छ भन्नु भयो ।
कार्यक्रमका सभापति विकल चन्द्र आचार्यले अनेवाले यसरी तुलसी दिवस लाई सम्मान गर्नु पाउँदा अत्यन्त खुसी लागेको भन्दै आगामी दिनमा अझै श्रष्ट्राहरुलाई सम्मान गर्ने र भाषा साहित्य र सस्कृतिको लागि अनेवाको आगामी कार्यक्रम अझै विस्तार गर्दै लानेछ समेत भन्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति