केरुङ बैठकपछि सीमा सुरक्षा कडा गर्ने चीनियाँ निर्णय

१२ कार्तिक २०६९, आईतवार २१:२१ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक । सीमा प्रहरी चौकी छेकम्पार (गोरखा)लाई फर्निचर खरिद गर्न ३५ हजार रुपैँयाँ प्रदान गर्दै छिमेकी चीनले नेपालसँगको सीमा मामलामा नजानिँदो फड्को मारेको छ । तिब्बत मामलामा चासो दर्शाउँदै आएको चीनको विशेष निर्देशनमा चीनको केरुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेना प्रमुख र नेपालको गोरखास्थित छेकम्पार गाविसका सीमा प्रहरी चौकीका प्रहरी प्रमुख, स्थानीय राजनीतिक दलहरु र गाउँ विकास समितिका सचिवबीच आइतबार केरुङको जोङ्खामा सीमा सुरक्षा कडा पार्ने विषयक छलफल सम्पन्न भएको छ भने छलफलमा छेकम्पारबाट एमाओवादीका लाक्पा नुर्बु लामा, नेपाली काँग्रेसका फुञ्जो लामा, नेकपा एमालका दोर्जे लामा, सीमा प्रहरी चौकी छेकम्पारका प्रमुख, गाउँ विकास समितिका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
तिब्बतबाट छेकम्पारको बाटो भएर तिब्बती नागरिक भारत जाने गरेको भन्दै सीमा सुरक्षा कडाइ गर्न चीनको केरुङ जिल्ला प्रमुखले नेपाली पक्षसमक्ष आग्रह गरेपछि यसबारेको बैठक आयोजना गरिएको एमाओवादी छेकम्पारका नेता लाक्पा नुर्बु लामाले जनाएका छन् । बैठकमा छेकम्पारवासीलाई जोङ्खा बजारसम्म किनमेलका लागि जान कुनै रोकतोक नगर्ने बचन चिनियाँ पक्षले दिएको पनि बताइएको छ ।
तिब्बत मामलासँग जोडेर तीन वर्षअघिदेखि नाकामा चिनियाँ पक्षले कडाइ गरेपछि उत्त क्षेत्रका बासिन्दा मर्कामा पर्दै आएका छन्। छेकम्पारका जनताका लागि आगामी दिनमा खाद्यान्नलगायतका सेवा दिँदै जाने चिनियाँ पक्षलाई उद्धृत गर्दै काँग्रेस नेता फुञ्जो लामाले बताए । सोही अवसरमा राजनीतिक दलका नेताहरुले छेकम्पारसम्म मोटर बाटो ल्याइदिन माग राखेका छन्। यसबारेमा चिनियाँ पक्षले केन्द्र सरकारसम्म यसबारेमा कुरा पुरयाउने जानकारी दिएको छलफलमा सहभागी एमाले नेता दोर्जे लामाले बताए ।
छेकम्पारको बाटो भएर कुनै पनि तिब्बती नागरिक भारततर्फ नजाउन् भन्ने चिनियाँ सरकारको उद्देश्य रहेको बताउँदै यसका लागि सहयोग गर्न नेपालपक्षसँग चिनियाँ पक्षले आग्रह गरेको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार