कांग्रेस र एमालेले रोजे आन्दोलन-पथ

१२ कार्तिक २०६९, आईतवार २०:५२ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेस र एमालेको आइतबार बसेको बैठकले एमाओवादीसँग कुनै सहमति हुन नसक्ने निष्कर्ष निकाल्दै बाबुराम सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । वर्तमान राजनीतिक गतिरोधको निकास निकाल्नका लागि साझा धारणा बनाउन ललितपुर बालकुमारीस्थित एमाले नेता कृष्णलाल महर्जनको घरमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो । एमाओवादीका अध्यक्ष प्रचण्डको व्यवहार समग्र कोणबाट नियाली सकेपछि दुई प्रमुख विपक्षी दलका शीर्ष नेताहरु सो निश्कर्षमा पुगेका हुन् । आइतबारको बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले चाँडै नै एमाले र कांग्रस मिलेर आन्दोलन गर्ने र राजनीतिक संकट समाधान गर्ने सहमति भएको जानकारी दिए । बैठकमा कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहभागी थिए । एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल बैठकमा सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार