गणतन्त्रको अगुवाई पनि काँग्रेसले नै गरेको हो नेता खाडँ

१२ कार्तिक २०६९, आईतवार २०:२० मा प्रकाशित

रुपन्देही १२ कार्तिक । काँगे्रस केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपाली काँग्रेस सबैखाले शक्तिबीच सन्तुलन राख्दै अघि बढ्ने दल भएकोले यसलाई कमजोरीका रुपमा नलिन आग्रह गर्नुभएको छ । आज नेपाली काँग्रेंस क्षेत्रनम्बर –४, रुपन्देहीले बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता खाँणले यस्तो बताउनुभएको हो । बडादशैं, बकरइद, दीपावली तथा छठपर्वको अवसरमा पार्टीले आज विहान पार्टी कार्यालय मैनाबगरमा गरेको चियापान कार्यक्रममा नेता खाँणले पञ्चायतकालमा वी पी कोइरालालाले मेलमिलापको नीति ल्याएको स्मरण गर्दै राजालाई मेल मिलापबाट सुधार्न नसकिएको हँुदा गणतन्त्रको अगुवाई पनि काँग्रेसले नै गरेको उल्लेख गर्नुभयो । अहिले माओवादी लगायतका दलसँग गरिएको सहकार्य पनि काँग्रेसको कमजोरी नभई विशेषता भएको उल्लेख गर्नुभयो । साथै, उहाँले संविधान बनाउन संविधान सभा असफल भएपनि देश गणतान्त्रिक बनाउन र माअ‍ोवादीको हतियार व्यवस्थापन गर्न सफल रहेको टिप्पणी गर्नुभएको थियो । सोही अवसरमा नेपाली काँग्रेसका अर्का केन्द्रिय स्दस्य एवम् राप्ती अञ्चल इञ्चार्ज बाबुराम रानाले संविधान सभाको पुनःस्थापना नभई नयाँ निर्वाचनमा जानुपर्नै र त्यसका लागि काँग्रेस नेतृत्वको सहमतिय सरकारको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण