सरकारविरुद्ध आन्दोलनमा कार्यगत एकता हुन्छ महामन्त्री सिह

१२ कार्तिक २०६९, आईतवार २०:१७ मा प्रकाशित

रुपन्देही १२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सरकार विरुद्धको आन्दोलनमा दलहरु बीच कार्यगत एकता हुने बताउनुभएको छ । गैडाकोट काग्रेसको गाउ भेलालाई सम्बोधन गर्न नवलपरासी आएका महामन्त्री सिंहले आन्दोलनको औपचारिक निर्णय नभैसकेपनि दलहरु बीचमा आन्दोलन संयुक्त गर्ने सैद्धान्तिक सहमति भएको बताउनुभयो । उनले माओवादीले सत्ताको आयु लम्ब्याउने दुरगामी सोचका साथ संविधानसभा विघटन गरेको आरोप लगाउंदै जेठ १४ अघि कांग्रेस एमालेले उठाएको एजेन्डा माओवादीले अहिले उठाएको बताए । संविधानसभा पुर्नस्थापना गर्नु सान्दर्भिक नभएको पनि सिंहले बताए । भेलालाई सम्बोधन गर्दै उनले आन्दोलन बाटै सरकारलाई हटाई छाड्ने दाबी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि भन्दै लिखित रुपमा पेश गरेको कार्यनिती नौटकी मात्र भएको पनि सिहले बताएका छन् । माओवादीले सहमति गर्न र नया संविधान वनाउन नचाहेका कारण देशले यो दुर्दशा भोग्नु परेको भन्दै सिहले भने अव को विकल्प भनेको चुनाव हो । गैडाकोट काग्रेस सभापति तारापति खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महामन्त्री सिंह समक्ष गैडाकोटका गाविस स्तरीय भातृ संगठनका प्रमुखले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार