बेल्जियममा मनाङ समाज

१२ कार्तिक २०६९, आईतवार ११:३७ मा प्रकाशित

डिल्ली अम्माईँ, बेल्जियम, १२ कात्तिक । मनाङ्ग जिल्लाबाट बेल्जियम आई वसोवास गर्ने नेपालीहरुको बेल्जियमको आन्त्वारपेनस्थित इदो सुसी रेष्टुरेण्टमा भएको भेलाले साङ्गे मनाङ्गेको अध्यक्षतामा मनाङ्ग समाज गठन गरेको छ । सम्पूर्ण मनाङ्गबासीहरुबीच भाईचाराको भावना विकास गर्ने, भावनात्मक एकतालाई मजवुत बनाउदै एक आपसमा पारिवारिक भावना र सहयोग अभिवृद्धि गर्ने उद्देश्यले उक्त समाजको गठन गरिएको बताइएको छ ।
समाजका अध्यक्ष साङ्गे मनाङ्गेका अनुसार समाजले अव बेल्जियमको साथै यूरोपभरि छरिएर रहेका मनाङ्गवासीहको तथ्याङ्क, सूचना र सम्पर्क स्थापित गर्ने, मनाङ्गबासीहरुबीच सहयोग तथा हार्दिकताको विकास गर्ने र मनाङ्गको विकास निर्माणमा आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग जुटाई, जिल्लाको मानवीय, स्वास्थ्य, शिक्षा र पिछडिएका जिल्लाबासीहरुको जीवनस्तर उकास्न सक्दो मद्धत गर्ने उद्देश्य राखेको छ ।
उक्त भेलाले विविध एजेण्डाहरुमा छलफल गर्दै साङ्गे मनाङ्गेको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसमा उपाध्यक्ष रमेश गुरुङ्ग, महासचिव दावा लामा, कोषाध्यक्ष तेन्जिङ्ग गुरुङ्ग, सचिव मुक्ति गुरुङ्ग र सदस्यहरुमा क्रमशस् डोल्कर गुरुङ्ग, टसी डोल्मा, माया गुरुङ्ग रहेका छन् । त्यस्तै ४ सदस्यीय सल्लाहकार समितिमा डोल्मा गुरुङ्ग, छिरिङ्ग, दोर्जे गुरुङ्ग र राम गुरुङ्ग ९कान्छा० रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस