तिब्बतीयनलाई नागरिकता दिलाउन खोजेको आरोपमा पक्राउ

१२ कार्तिक २०६९, आईतवार ११:३४ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक । तिब्बतीयन नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन सिफारिस गरेको भन्दै सिन्धुपाल्चोकको सिन्धुकोट गाविस-९ का वाङदोर्जे लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पेमा लामा नामक तिब्बती महिलाको दाजु बनेर नागरिकताका लागि सिफारिस गरेको उजुरी परेको आधारमा वाङदोर्जेलाई इलाका प्रहरी कार्यालय मेलम्चीले जिल्लाको भोटेचौर गाविसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । दसै मनाएर काठमाडौ जाँदै गर्दा भोटेचौरबाट उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक लोकहरी खनालले जनाएका छन् ।
सिन्धुकोट गाविस-९ स्थायी ठेगाना उल्लेख गरी पेमाले गत भदौ २० गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी ओमकार न्यौपानेको हस्तक्षर भएको नागरिकता लिएकी थिइन् । यस प्रकरणलाई कतिपय स्थानीयले तिब्बती नागरिकमाथि सरकारी पूर्वाग्रहको नमूनाका रुपमा अथ्र्याउन थालेको समाचारमा बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना