एमालेमाथि संविधानसभा विघटनको आरोप, एमाले-हङकङमा पहिरो

१२ कार्तिक २०६९, आईतवार ११:१८ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेसँग असन्तुष्ट भई हालै पार्टी छाडेका अशोक राईको समर्थन गर्दै हङकङमा बसोवास गर्दै आएका सयभन्दा बढी जनजाति कार्यकर्ताले एमाले परित्याग गरेका छन्। एमाले हङकङ कमिटीका निवर्तमान अध्यक्ष ओमराज सम्बाहाम्फेसहित हाल कमिटीमा रहेका चन्द्रकला राई, माया राई, नारायणप्रसाद (हेजेन) राई, किसन राईले पार्टी परित्याग गरेका हुन्। उनीहरुले नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणलाई सार्थक तुल्याउनका लागि पार्टी परित्याग गरेको तर्क दिएका छन् ।
एमालेबाट अलग्गिएका २ सय २१ कार्यकर्तामध्ये ३१ संगठित सदस्य छन्, जो पूर्व मालेदेखि एमालेमा लामो समय सक्रिय रहेका पूर्वी पहाडका राई, लिम्बू हुन् भने एमाले छाडेर ‘अग्रगामी विचार समूह हङकङ’ बनाएको उनीहरूले जनाएका छन्। हङकङमा एमालेको संगठित सदस्यमध्ये बहुमतले पार्टी छाडेको दावी गर्दै एमाले परित्याग गर्ने इन्द्र वनेमले आफूहरूले नयाँ पार्टी गठन गर्न अशोक राईलाई सहयोग गर्ने बताए। एमाले परित्याग गर्नुको कारण खोल्दै सम्बाहाम्फेले भने, ‘माले(एमालेमा लागेर जवानी र ऊर्जा सिध्याइयो तर अहिले जाति र समुदायको अधिकारविरुद्ध उभिएपछि एमाले छाड्न बाध्य भयौँ।’
‘एमाले छाडेर जातीय राजनीतिमा नहिँडेको’ दाबी गरे पनि नारायणप्रसाद राईले आफ्नो लागि नेपालीभन्दा राई महत्वपूर्ण भएको बताए। उनले भने( म राई भएको नाताले नेपाली नागरिकताभन्दा राई महत्वपूर्ण हुन्छ, त्यसैले नागरिकता त्याग्न सकिन्छ, पार्टी त्याग्न सकिन्छ तर राई त्याग्न सकिन्न।
संविधानसभा विघटन हुनुमा एमाले मुख्य दोषी रहेको आरोप लगाउँदै एमाले छाड्नेहरूले विज्ञप्तिमा भनेका छन्( एमालेले अन्तिम घडीमा पहिचान र संघीयताको विपक्षमा आफूलाई उभ्यायो, पहिचानसहितको संघीयताको पक्षमा दुई तिहाई रहेको अवस्थामा एमालेले समर्थन गर्नुको साटो आफ्ना सभासद्लाई विपक्षमा उभिन निर्देशन दिनुका साथै बैठक सञ्चालनमा कुनै पहल देखाएन। फलस्वरुप संविधानसभा विघटन हुन पुग्यो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको