‘दुधे बालक’ राहुल कांग्रेसको अध्यक्ष बनाइदै; बिधुवाको वंशवादी हठले उपमाहादिपको प्रजातन्त्र नै असुरक्षित

१२ कार्तिक २०६९, आईतवार ०८:५८ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १२ कात्तिक । भारतीय उपमहादिपको सत्ता राजनीतिमा अपराधी र भ्रष्टाचारी जति हावी छ त्यति नै मात्रामा वंशवाद पनि हावी छ । यसको पछिलो उदाहरण दुधे बालक राहुल गांधी छिट्टै कांग्रेस पार्टी वा सरकार मध्य एकमा महत्वपूर्ण भूमिका निभाउने अवसर प्राप्त गर्दै छन् । बिशेष गरि भारतमा गान्धी परिवारको उत्तराधिकारीको रुपमा चमत्कारिक युवा व्यक्तित्व भनेर बहु प्रचारित राहुल गांधी उनले सम्हालेको उत्तर प्रदेश काँग्रेसको कमाण्डले विधानसभा चुनाबमा नराम्रो पराजय व्यहोरे पछी उनको इच्छा भोजन पदस्थापन केहि समयका लागि थन्किएको थियो । भ्रष्टाचारको दल दलमा फसेको काँग्रेस पार्टी आफ्नो नेताहरुको भ्रष्ट कर्मका कारण ९० को दशकमा नराम्रो पराजय भोग्दै कमजोर प्रतिपक्षीमा सिमित भएको थियो । समय वा संयोग सधै गुलामी र दाश रहेको भारत र त्यहाका जनताले प्रजातन्त्रको मर्म बिपरित इटालीमा जन्मिएकी पूर्व प्रधानमन्त्री राजिव गान्धिकी बिधुवाबाट मुक्तिको अर्को मार्ग रोजे र समाप्त हुन लागेको बंस बाद ब्युतियो । जसका कारण आज भारतको हरेक प्रान्त भारत स्वतन्त्र हुनु अघि झैँ केहि बद्नाम राजनीतिज्ञ हरुको बंस बादमा चली रहेको छ । उता मुलायामका दुधे बालक मुख्य मन्त्रीमा विराजमान छन् यता केन्द्रीय राजनीतिमा दुधे बालक राहुल गान्धी काँग्रेस पार्टीको कार्यकारी अध्यक्ष वा महत्वपूर्ण मन्त्रि बनाइदै छन् । भारत संसारकै ठुलो प्रजातान्त्रिक मुलुक भनिन्छ तर राजिव गान्धिकी विदुवाको उदय संगै सबै भन्दा पुरानो राजनीतिक दलमा क्षमता र नेतृत्व भएका नेताहरु क्रमस: किनारा लगाइएका छन् । प्रधानमन्त्री बनाइएका कुशल अर्थ विज्ञ मनमोहन सिंह निर्णय बिहिन अवस्थाको दोस्रो कार्यकाल पुरा गरेर अपमानित रुपले घर बिदामा जाने दिन नजिकै आउदै छ । जब राजनीतिमा परिवार बाद र बंस बाद हावी हुन्छ तब बिद्रोह आफै जन्मन्छ र त्यो बिद्रोहले त्यो देशको उन्नति र प्रगतिलाई सयौं वर्षा पछी धकेल्छ । भारतीय उपमहादिपमा परिवार बाद र बंस बाद मार्फत हुने नीतिगत भ्रष्टाचारले त्यहाँको प्रजातन्त्र भद्दा मजाक बन्ने गरेको छ । यसोत भारतले ९० को दशक देखिनै ८ प्रतिशतको हाराहारीमा आर्थिक उन्नति गरि रहेको छ तर त्यसको लाभ सिमित सहरिया वर्ग र सत्ता संग पहुँच हुने वर्गले बाहेक अरुले त्यो आर्थिक विकाशको लाभ र प्रजातन्त्रको अनुभूति गरन नसकेरै आज भारतको २३६ जिल्लामा माओबादको हिनासत्मक डढेलो सल्किएको छ । अर्थात माओबादी बिद्रोहीहरुको नियन्त्रणमा २३६ भन्दा बढी जिल्ला छन् । यो डढेलो सल्कनुको कथा र ब्यथा छिमेकी देशको नागरिक हुनाले स्वयम् यो लेखकले पनि भोगेको छ । आज छिमेकीलाई झोस्देको आगोमा भारतीय लोकतन्त्र जल्दै छ । तत्कालिन माओबादीलाई हतियार, सेल्टर र समर्थन दिने भारतीय संस्थापन पक्ष पुनः माओबादी संग सिंगौरी खेल्दै छ । उसले नबुझेको कुरो माओबादी सानो देशको सानो पार्टी मात्र होइन यो त् बिशाल छिमेकी चीनको सिमा सुरक्षाको लागि गठन गरिएको लडाकु दस्ता हो जसले सदैब माओबाद र चीनको हित गर्छ । सन्दर्भ यहाँ जोडिन्छ गान्धी परिवारको नेपाल सम्बन्ध जसले नेपाली राजतन्त्रबाट नेपाली नदि नालाको पानी आफ्नो मुलुकमा उपयोग गर्ने चासोलाई कहिल्यै पुरा गर्न सकेन मात्रै होइन गान्धी परिवारले आफुलाई नेपाली राजघराना भन्दा कमजोर ठानी रह्यो र बदला स्वरूप माओबादको आगो झोस्द्यो छिमेकमा । यी तिनै बिधुवा हुन् जसले बाह्र बुदें सम्झौता मार्फत नेपाललाई यो दल दलमा होमी दिईन । र नेपालमा पनि कोइरालाको बंस बाद र परिवार बादको भरण पोषण गरिन । र अहिले आफ्ना सुपुत्र तिनै दुधे बालक राहुल गान्धीलाई सत्ता सुम्पने चाँजो पाँजो मिलाउदै छिन । दुर्भाग्य भारतीय उप महादिप माओबाद, मुस्लिम अतिबाद, र चिनियाँ सैन्य प्रभाव बाट आक्रान्त छ । भलै राहुल काँग्रेसको कांग्रेस महासचिव, कार्यकारी अध्यक्ष, पार्टी उपाध्यक्ष वा बरिष्ठ मन्त्रि जे बनाइए पनि भू राजनीतिमा बढी रहेको चिनिया सैन्य प्रभाव र गान्धी परिवारको पारिवारिक हठले अस्थिर बनेको दक्षिण एशियाको राजनीति बिधुवा सोनिया र दुधे बालक छोराले समन्वय गर्न नसक्ने जटिल मोडमा पुगेका बेला यो निर्णय भारत, प्रजातन्त्र र यो महादिपको सुरक्षाको लागि अर्को विष्मयकारी दुर्घटना साबित हुनेछ । जसरि उनकी सासु इन्दिराको हठले छिमेकको प्रजातन्त्र निमोठियो, भारत ठुलो राजनीतिक संकटमा फस्यो र श्रीलंकासंगको असन्तुलित रणनीतिले राजिब गान्धी तमिलहरुको सिकारमा ज्यान गुमाउन बाध्य भए । के भारतीय प्रजातन्त्र भनेको गान्धी परिवार र नेपालको प्रजातन्त्र भनेको कोइराला परिवार हो ? चिनिया सैन्य प्रभाव र माओबादको चंगुलमा फसेको यो उपमहादिपको द्वन्दको दल दलबाट दुधे बालक राहुल र इटालियन बिधुवा सोनियाले पार लाउन सक्लान ? र छिमेकि राष्ट्र नेपालमा उनकै परिवारको आशिर्बाद पाएर गिरिजा प्रसाद र उनका बंस धान्ने सुशील कोइरालाहरुले नेपाली राजनीति सधैको लागि माओबादको चंगुलमा पुर्याए त्यसरीनै माओबादको आगोमा फसेको भारतीय भूभाग र राजनीति लाइ शान्त र समुन्नत बनाउन र माओबादको आघो निभाउन बिदुवा सोनिया र दुधे बालक राहुल सफल होलान ! सत्ता सुम्पनु अघि सोच्नै पर्ने बेला आएको छ तर बोल्ने को ? जुन देशमा चपराशी देखि प्रधानमन्त्री सम्म सब का सब बिकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले