संविधानसभा ब्युँताउनेमा प्रचण्डको जोड किन ?

१२ कार्तिक २०६९, आईतवार ०८:३९ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक । दशैँको बिदा सकिएलगत्तै राजनीतिक भेटघाट पनि बाक्लिन थालेको छ । राजनीतिक सहमति जुटाउन अग्रसर देखिएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो शनिबार नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गरी संविधानसभा पुनःस्थापना र ताजा निर्वाचनसहितको तीन विकल्प प्रस्तुत गरेका छन् । उनले संविधानसभा पुनःस्थापनाको पक्षमा आ–आफ्ना पार्टीभित्र छलफल गर्न विपक्षी दलका नेताहरुलाई आग्रह गरेको बुझिएको छ । तर, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ताजा निर्वाचनबाहेक अन्य विकल्पमा छलफल गर्नुको औचित्य नै समाप्त भएको प्रतिक्रिया दिए ।
छलफलको क्रममा तीनवटा विकल्प प्रस्तुत गरे पनि प्रचण्डको जोड भने ‘छोटो समयका लागि’ संविधानसभा पुनःस्थापनामै रहेको नेताहरुको भनाई छ । एमाओवादीको पदाधिकारी बैठकले पाँच महिनाअगाडि भंग भएको संविधानसभा पुनःस्थापनामा जाने निर्णय गरेअनुसार प्रचण्डले यस विषयलाई जोड दिएको बुझ्न सकिने विषय भएपनि केका लागि प्रचण्डले संविधानसभाको पुनःस्थापनालाई यति धेरै महत्व दिइरहेका हुन् भन्नेचाहिँ अहिलेसम्म अनुमानकै विषय बनेर रहेको छ ।
दुबै विपक्षी दलका नेताहरुले पुनःस्थापना हुन नसक्ने, नयाँ निर्वाचनमै जानुपर्ने र त्यसका लागि सहमतिको सरकार निर्माण हुनुपर्ने बताएबाट प्रचण्ड हच्किन पुगेको स्रोतको कथन छ । तर विपक्षी दलहरुभित्र पनि विकल्पहरुबारे एकमत हुन नसकेको अवस्था छ । कांग्रेसका शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता नेताहरु संविधानसभा पुनःस्थापनको पक्षमा वकालत गरिरहेका छन् भने सभापति कोइरालाले त्यसको विपक्षमा आफूलाई उभ्याईसकेका छन् । विपक्षी नेताहरुको यस अवस्थाले भने प्रचण्डलाई संविधानसभा पुनःस्थापनको पक्षमा लविङ गरिरहन बल मिलेको विश्लेषकहरुको अनुमान छ । प्रचण्डले पौडेल र देउवालाई संविधानसभा ब्युँताउन सघाए आफूले प्रधानमन्त्री बन्न सघाउने आश्वासन दिएका भए पनि कथं संविधानसभा ब्युँतिएका आफै प्रधानमन्त्री हुने दाउमा उनी रहेको एमाओवादीकै एक विश्वस्त स्रोतको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१