पूर्वप्रधानमन्त्री भट्टराईलाई मरणोपरान्त सम्मान

१२ कार्तिक २०६९, आईतवार ०८:०८ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक । सन्त नेताका रुपमा चिनिने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त ‘शंखधर सम्मान’ प्रदान गरिने भएको छ । नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःलाई ‘राष्ट्रिय विभूति’ घोषणा गर्ने साहसिक कार्यको उच्च मूल्यांकन गर्न पूर्वप्रधानमन्त्री भट्टराईलाई मरणोपरान्त उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ ।
स्व. भट्टराई प्रधानमन्त्री रहेको बेला नेपाल संवत् ११२० (वि.सं. २०५६) कछलाथ्व दशमीको दिन नेपाल संवतका प्रवर्तक साख्वाःलाई सरकारले ‘राष्ट्रिय विभूति’ घोषणा गरेको थियो ।
नेपाल संवतको बारेमा ऐतिहासिक खोज कार्य गरी जनमानसमा सार्वजनिक गर्ने इतिहासविद् डा. जगदीशचन्द्र रेग्मीलाई पनि ‘शंखधर सम्मान’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठका अनुसार उक्त सम्मान नेपाल संवत् १११३ को प्रारम्भको दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरी प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना