कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको विषेश चियापान कार्यक्रम

१२ कार्तिक २०६९, आईतवार ०७:४७ मा प्रकाशित

काठमाडौं, १२ कात्तिक । वीपी कोइरालाकै पालादेखि आयोजना गरिँदै आएको ‘विशेष चियापान समारोह’लाई नेपाली कांग्रेसले यस वर्ष पनि निरन्तरता दिने भएको छ । कांग्रेसले भोली १३ गते कोजाग्रत पूर्णिमाका दिन जलपान समारोहको आयोजना गर्ने भएको छ । बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ बाट प्रत्येक वर्ष बडा दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह गर्ने गरेका थिए । त्यसैको निरन्तरता यो वर्ष पनि चियापान समारोहको आयाजना गरिएको कांग्रेस कार्यालयले जनाएको छ ।
भोली सोमबार दिनको १ बजेदेखि ४ बजेसम्मका लागि बीपीस्मृति भवन ललितपुरमा चियापान कार्यक्रम आयोजना हुनेछ । कांग्रेससद्वारा वितरित निमन्त्रणा पत्रमा बडा दसैं, दीपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना आदानप्रदानका लागि जलपान समारोह गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले