इंडोनेशियास्थित अमेरिकी दूतावासमा आक्रमण गर्ने तयारीमा रहेका आतंकबादीहरु गिरप्तार

१२ कार्तिक २०६९, आईतवार ००:१५ मा प्रकाशित

जाकार्ता, १२ कात्तिक । इंडोनेशियाको प्रहरीले अमेरिकी राजदूतावास र अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गर्ने योजना गरिरहेका ११ आतंकबादीलाई गिरप्तार गरेको छ । इंडोनेशियन प्रहरी प्रवक्ता सुहारदी आलियसले संचारकर्मीहरुलाई बताए अनुसार संगठित यो समुहले जाकार्तास्थित अमेरिकी दूतावास र पूर्वी जावा शहरको सौराबयामा रहेको अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गर्ने योजना गरिरहेको थियो । प्रवक्ता आलियसले दिएको जानकारी अनुसार गिरप्तार गरिएको आतंकबादी समुहले अस्ट्रेलियाको दूतावासमा समेत आक्रमण गर्ने योजना बनाएको थियो । आलियसले भने, ‘हामीले पूर्वी जावाको मादिउन शहरको एक घरबाट विस्फोटक पदार्थ र बम बनाउने सामग्री पक्रेका छौ ।’ प्रारम्भिक अनुसन्धान बाट गिरप्तार गरिएको आतंकबादीहरु हाशमी नामक संगठनको सदश्य रहेको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा

काठमाडौँ – रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका