अज्ञात लुटेराहरुको गोलि प्रहारबाट अमेरिकाको अलबामामा १ नेपालीको हत्या

११ कार्तिक २०६९, शनिबार २२:१३ मा प्रकाशित

सुदिप पन्त, अमेरिका, ११ कात्तिक । डिभी भिसामा अमेरिका आएका काठमाडौं ताहाचलका सुजन शाक्यको अमेरिकाको अलबामा राज्यको मोवाइल भन्ने स्थानमा हत्या भएको छ । घटनामा परि अर्का एक नेपाली समेत गम्भीर घाइते भएका छन् । अमेरिकाको अलबामा राज्यको मोवाइल भन्ने ठाउँमा ग्यास स्टेशनमा काम गर्ने २५ वर्षिय सुजन शाक्यको अज्ञात समुहले गोली हानी हत्या गरेको उहाँका दाजु सुदीप शाक्यले जानकारी दिएका छन् । गोली प्रहारबाट घाइते भएका ललितपुर गावाहालका रोजिन मुल्मीको अमेरिकामै उपचार भइरहेको छ । उहाँहरु बस्दै आएको कोठाको ढोका फोरी, विजुलीको लाइन काटेर आक्रमण भएको मृतकका दाजु सुदीपले जानकारी दिएका छन् । लुटेराहरुले उनीहरुको साथमा रहेको २ हजार अमेरिकी डलर पनि लुटेर लगेका छन् । डिभी परेर अमेरिका आएका सुजन २ वर्ष अघि अमेरिका आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने

आजको प्रमुख समाचार