राष्ट्रपति भेटेपछि नेपालले भने- सङ्कट लम्ब्याएर मुलुक अस्तव्यस्त पार्न दिइन्न

११ कार्तिक २०६९, शनिबार २०:४४ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । राष्ट्रपति डा. रामवरण यादव र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच राष्ट्रपति निवासमा मुलुकको विद्यमान राजनीतिक गतिरोध र त्यसको निकासका विषयमा छलफल भएको राससले जनाएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार भेट गर्नुभएका नेता नेपालले मुलुकको संवैधानिक र राजनीतिक सङ्कटबारे राष्ट्रपति र आफूहरु पनि चिन्तित भएकाले त्यसको निकासको पहलका लागि भेट गरेको बताउनुभयो । वरिष्ठ नेता नेपालले गतिरोध अन्त्यका लागि सहमतिको विकल्प नभएको तर वर्तमान सरकारलाई कायम राखेर कुनै पनि हालतमा कुनै सहमति आफूहरुलाई मञ्जुर नभएको धारणा राष्ट्रपति डा. यादव र एमाओवादीका अध्यक्ष दाहालसमक्ष राखेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ुनयाँ निर्वाचन गर्न सरकारले मन्त्रीहरुको भागवण्डा गर्ने कुरा बाहिर आएको छ, अनि आफ्नो हात माथि पारेर र सङ्कट लम्ब्याएर मुलुकलाई अस्तव्यस्त पार्ने चाहना पूरा हुन दिइने छैन ।ु
मुलुक संवैधानिक शून्यतातिर उन्मुख भएकाले संविधानका धाराहरुभन्दा यसको भावनाअनुसार चल्नुपर्ने र अब नयाँस्तरबाट गम्भीर छलफल गरी तिहारअघि सहमतिको पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्तमान सरकारले बाटो खुल्ला गरेमा विश्वासको वातावरण बन्ने र आगामी वैशाखभित्र निर्वाचन हुने गरी प्याकेजमै सहमति गर्न कानुनी उपाय र प्रक्रियाबारे छलफल हुनुपर्ने नेता नेपालको कथन थियो ।
आफूहरुबीच बजेटका समस्या बारेमा पनि कुराकानी भएको जनाउँदै उहाँले हालसम्मको एक तृतीयांश बजेटसमेत पारित नभएको अवस्थामा अब यो सरकारको मातहतमा पूर्ण बजेट वा संवैधानिक निकायहरुमा पदपूर्तिका लागि अध्यादेशहरु आउने कल्पना नगरे हुन्छ भन्नुभयो ।
भेटमा राष्ट्रपति डा. यादवले राजनीतिक गतिरोध चाँडै अन्त्य गर्नका लागि दलहरुबीच छलफल होस्, मुलुक थप सङ्कटतिर नजाओस् भनेर चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको भनाई उद्धृत गर्दै नेता नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी