संविधानसभा ब्युँताएर समस्या समाधान नहुनेमा कांग्रेस स्पष्ट

११ कार्तिक २०६९, शनिबार २०:३५ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । संविधानसभा पुनस्र्थापन गर्ने एमाओादीको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको छ । संविधानसभा ब्युँताएर सरकारको नेतृत्व गर्न प्रचण्डले ल्याएको प्रस्ताव कांग्रेस सभापति सुशील कोइरालाले सोझै अस्वीकार गर्नुभएको हो । कांग्रेसले सहमतिका लागि वर्तमान सरकारको बहिर्गमनलाई प्रमुख सर्त बनाएको छ ।
सभापति कोइरालाको निवास महाराजगञ्जमा शनिबार अपरान्ह भएको भेटमा एमाओवादी अध्यक्ष दाहालले सहमति गरी सरकारको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गर्नुभएको थियो । यदि यसो गर्न सकिन्न भने वर्तमान सरकारकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने सर्त प्रचण्डका तर्फबाट राखिएको थियो । तर, सभापति कोइरालाले पुनःस्थापनाले निकास दिन नसक्ने दाबी गर्दै सहमतिको सरकार बनाएर ताजा जनादेशमा जान प्रस्ताव गर्नुभएको कांग्रेस सुत्रले जनाएको छ । पार्टीका केही नेताले पुनःस्थापनाको कुरा गरे पनि त्यसले निकास दिन्छ भन्नेमा आफूलाई विश्वास नलागेको प्रस्त पार्दै छिट्टै पार्टीको बैठक राखेर त्यसमार्फत संविधानसभा पुनःस्थापनको विषयलाई पार्टीले अस्वीकार गरेको आधिकारिक निर्णय लिइने कोइरालाको कथन छ । माओवादीले पटक–पटक धोका दिई सकेकोले अब उसको नेर्तत्वमा सरकारमा जाने सम्भावना नरहेको कोइरालाले बताउनुभएको सुत्रले जनायो ।
आफूले राखेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको भए पनि आफू गम्भीर भएर सहमति जुटाउने कार्यमा लागिपरेकोले केही दिनमै सहमति जुट्ने विश्वास प्रचण्डले सञ्चारकर्मीहरुसमक्ष राख्नुभयो । उहाँले एमाले नेताहरुसँग पनि सकारात्मक छलफल सुरु भएको दाबी गर्नुभयो ।
यसैबीच एमालेले पनि अन्य दललाई अल्मल्याएर सरकारको आयु लम्ब्याउने खेलमा नअल्झन एमाओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिएको छ । शनिबार दिउँसो शान्ति मन्त्रालयमा भएको भेटका अवसरमा एमाले अध्यक्ष झलनाथ खनालले प्रचण्डलाई उक्त सुझाव दिनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार