बिजया दशमी युएइमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न

११ कार्तिक २०६९, शनिबार २०:१४ मा प्रकाशित

अम्बिका भण्डारी, युएइ । बिजया दशमी युएइमा बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । यहाँ रहेका नेपाली संघ सा स्थाहरुको आयोजनामा कतै टिका लगाउने कार्यक्रम भयो त कतै नाचगान र पिकनिकबाट रमाइलो गरेर दशैं मनाइयो । शुक्रबार बर दुवइ स्थित एभरेष्ट होटलमा खस आर्य समाज लगायतका संघ संस्थाले सामुहिक दशैं टिका ग्रहण कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएका बयोबृद्ध पृथ्बीलाल पाण्डेले उपस्थित सबैलाइ टिका लगाइदिनु भएको थियो । प्रमुख अतिथि एनआरएन आइसीसी मध्यपूर्व सहसंयोजक एलएन सुवेदी रहनुभएको कार्यक्रममा एनआरएन एनसीसी अध्यक्ष चन्द्र रोक्का, पत्रकार तथा समाजसेवी शंकर ज्ञवाली, लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष एलएन सुवेदी लगायतको आतिथ्यता रहेको थियो । जसमा स्यागंजा सहयोग समाज, धादिगं वेलफेयर सोससाय्इटी, नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतीशील मोर्चा, बाग्लुगं सेवा समाज, एनआरएन महिला संघ, गुल्मी सेवा समाजर लेपाल पत्रकार महासंघ युएइ का प्रतिनिधिहरु समेतकोसहभागिता थियो । टिका ग्रहण पछि प्रसाद वितरण पनि भएको थियो ।

त्यस्तैनेपाली समाजको आब्हानमा दर्जन भन्दा बढी संघ संस्थाहरुको आयोजनामा शुक्रबार नै दुवइको जावेल पार्कमा दशैं तथा पिकनिकको कार्यक्रम सम्पन्न भएकोछ । युएइका लागि नेपालका कार्यबाहक राजदुत दिपक अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टिका ग्रहणका साथसाथैनाचगान र खानपिन समेत गरेर रमाइलो गरिएको थियो । एनआरएन आइसीसी मध्यपूर्व सहसंयोजक एलएन सुवेदी एनआरएन एनसीसी अध्यक्ष चन्द्र रोक्का लगायत संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएको कार्यक्रममा बयोबृद्ध लिलादेवी भण्डारीबाट टिका ग्रहण गरिएको थियो । जावेल पार्कको चौरमा भएको कार्यक्रममा नेपालीहरुको राम्रै उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस