दशैँमा मापसे कारबाहीमा दुई हजार

११ कार्तिक २०६९, शनिबार १५:४६ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले घटस्थापनाको दिन (असोज ३०) देखि कात्तिक ९ गतेसम्ममा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार ५ सय ९ जनामाथि कारबाही गरेको जनाएको छ। यस्तै, मादक पदार्थ सेवन गरेर लामो दूरीको गाडी चलाउने १५ जना चालकलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक पवन गिरीले जानकारी दिएको राससले जनाएको छ ।
उपरोक्त अवधिमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा पाँचजनाको मृत्यु हुनाका साथै आठजना गम्भीर र चारजना सामान्य घाइते भएका थिए। तीमध्ये बिहान टहल्न निस्किएका दुईजनाको माइक्रोबसको ठक्करले कीर्तिपुरमा, एकको बसको ठक्करले सीतापाइलामा र दुईको भक्तपुरमा मृत्यु भएको थियो। अघिल्लो वर्ष घटस्थापनादेखि पूर्णिमासम्म १५८ वटा दुर्घटना भई १४ जनाको मृत्यु, २५ जना गम्भीर घाइते र ९२ जना सामान्य घाइते भएका थिए।
चाडबाडको बेलामा सवारीसाधनमा हुने अत्यधिक यात्रुहरुको चापलाई व्यवस्थित तुल्याउन र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने प्रवृत्ति रोक्न ट्राफिक प्रहरीले ठाउँठाउँमा जाँच गरेकाले यसपटक दुर्घटनाका घटनामा कमी आएको ट्राफिक प्रहरीको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार