एमाओवादीकै कारण सहमति बन्न नसक्ने खनालको दाबी

११ कार्तिक २०६९, शनिबार १५:०४ मा प्रकाशित

काठमाडौ, ११ कात्तिक । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सबै राजनीतिक दलहरुवीच सहमति बन्न नसके अब धेरै दलहरुबीच सहमति गरेर मुलुकलाई निकास दिने गरी अघि बढ्ने बताएका छन् । शनिवार खनाल निवास डल्लुमा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले मिलेर मुलुकलाई निकास दिनुपर्ने भए पनि धैर्यता समाप्त भइसकेको भन्दै सहमति नगर्नेविरुद्ध राजनीतिक दलहरुलाई एक बनाएर अघि बढ्ने चेतावनी दिए । खनालले मुलुक संकटमा परेको बेला राष्ट्रपति चुप लागेर बस्न नमिल्ने स्पष्ट पार्दै आन्दोलनको जगमा राष्ट्रपतिले उपयूक्त कदम चाल्नु पर्ने धारणा समेत राखे ।
अहिले सरकार नै दलहरुवीचको सहमतिको प्रमुख बाधक भएको भन्दै अध्यक्ष खनालले सरकारलाई नपन्छाएसम्म सहमति बन्नै नसक्ने ठोकुवा गरे । चाडवाडपछि आन्दोलन सुरु हुने जानकारी दिदै उनले सहमतिकोलागी आन्दोलनको विकल्प नभएको चेतावनी दिए । संविधानका विवादित विषयमा अहिले नै दलहरुवीच सहमति बन्ने सम्भावना नरहेको संकेत गर्दै अध्यक्ष खनालले निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारे । उनले भने– ‘अब निर्वाचनमा जानुको विकल्प छैन । ६ वर्ष अघिको जनादेशको अहिले कुनै अर्थ छैन । एमाओवादीका कारण संविधानका विवादित विषयमा सहमति बन्न सक्दैन । प्रचण्डको खयाली पुलाउ पकाउन हामी चाहँदैनौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले