दशैँमा एसएमएस सेवाबाट टेलिकमलाई सवा करोड आम्दानी

११ कार्तिक २०६९, शनिबार १३:४५ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । यस वर्ष दशैँको उपलक्ष्यमा शुभकामना दिनेको संख्या साँढं दुई करोड नाघेको नेपाल टेलिकमले जनाएको छ। दशैँको मुख्य ४ दिनमा २ करोड ४ लाख एसएमएस आदानप्रदान भएको र यसबाट टेलिकमले १ करोड २५ लाख रुपियाँ आम्दानी गरेको जिएसएम सेवा निर्देशनालय प्रमुख सुरेन्द्रप्रसाद थिकेले जनाए ।
टेलिकमले महान् चाड दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदानका लागि असोज २९ गतेबाटै एसएमएस शुल्कमा आधा कटौती गरेको थियो। गत वर्ष दशैँको चार दिनअघि मात्र दिइने छुट सुविधा यसपटक छठ अर्थात् मंसिर ५ गतेसम्मलाई कायम राखिएको छ। सामान्य समयमा एउटा एसएमएसका लागि एक रुपियाँ २४ पैसा खर्च लाग्छ। टेलिकमले आधा छुट दिएपछि ६२ पैसामा शुभकामना आदानप्रदान गर्न सहज भएको थियो।
टेलिकमका अनुसार दशैँ र तिहारमा एसएमएस आदानप्रदान ४ गुणाले बढेको छ। सामान्य अवस्थामा एसएमएसबाट दैनिक १० देखि १२ लाख एसएमएस आदानप्रदान हुन्थ्यो। टेलिकमको सीडीएमएतर्फ दशैँको अवसर पारेर एसएमएस गर्नेको संख्या ४(५ गुणाले बढेको सीडीएमए निर्देशनालयका प्रमुख अनुपरञ्जन भट्टराईको कथन छ । उनका अनुसार सीडीएमएबाट मात्र दैनिक ४० हजार एसएमएस हुने गरेको छ। सीडीएमएका उपभोक्ता गाउँमा अधिक छन्। पछिल्लो समय उच्च गतिको इन्टरनेट सेवा सुरु भएपछि सीडीएमएतर्फ सहरी क्षेत्रका ग्राहक पनि आकर्षित हुन थालेका छन्। नेपालमा जीएसएम मोबाइलका झन्डै ६५ लाख उपभोक्ता छन्। यस्तै, सीडीएमएतर्फ यो संख्या नौ लाख छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण

रसुवा । कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपाल-चीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज