प्रचण्ड र खनालबीच भेटवार्ता

११ कार्तिक २०६९, शनिबार १३:२४ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच वर्तमान राजनीतिक सङ्कटको निकास र राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा छलफल भएको छ। सिंहदरबारस्थित शान्ति मन्त्रालयमा शनिबार भएको भेटवार्तामा उनीहरुबीच तिहारअघि नै राजनीतिक सङ्कटको निकास दिन प्रयास गर्ने सहमति भएको राससले जनाएको छ। संसद्को पुनःस्थापना गरेर सहमति भएका बुँदाहरु समेटेर संविधान जारी गर्ने, यदि त्यो सम्भव नभए सहमति बनाएर ताजा जनादेशमा जाने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले सम्भव भएसम्म संसद् पुनःस्थापना गर्ने र त्यसो नभएमा ताजा निर्वाचनमा जानेलगायतका विषय समेटिएको लिखित प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलपछि एमाले अध्यक्ष खनालले संविधानसभाको पुनःस्थापना र नयाँ जनादेशका लागि निर्वाचनमा जाने विषय अहिले आधा आधा जस्तो रहेको र यो विषयमा आफ्नो पार्टीमा पनि छलफल गरिने जनाएका छन् । यसअघि अध्यक्ष दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि शनिबार बिहान उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेका थिए सो अवसरमा उनीहरुबीच वर्तमान राजनीतिक निकासका लागि संविधानसभाको पुनःस्थापना र राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ