‘देउवा र पौडेल प्रचण्डको घुमाइमा’

११ कार्तिक २०६९, शनिबार १३:१३ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने लोभमा पार्टीलाई अनिर्णयको बन्दी बनाएको आरोप कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले लगाएका छन्। देउवा र पौडेलकै कारण पार्टीले नयाँ निर्वाचनका बारेमा लिखित निर्णय गर्न नसकेको उनको कथन छ ।
बिराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता शेखर कोइरालाले ‘माओवादी अध्यक्ष प्रचण्डले देउवा र पौडेललाई नराम्रोसँग घनचक्करमा पारिरहेको दाबी गरे । प्रचण्डले पछिल्लो चरणमा फेरि संविधानसभा पुनःस्थापनाको कुरा आफू प्रधानमन्त्री बन्नकै लागि गरेको डा. कोइरालाको कथन छ । कांग्रेस नयाँ जनादेशको पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘यदि संविधानसभा पूर्नस्थापना भयो भने प्रधानमन्त्री प्रचण्ड आफैँ बन्छन्, यो सबैले बुझ्नु आवश्यक छ ।’
माओवादीको मुख्य ध्येय नै सत्ता कब्जा रहेको दाबी गर्दै उनले कात्तिक भित्रमै दलहरुबीच सहमति भए माओवादी नेतृत्ववाहेकको सरकार कांग्रेसलाई स्वीकार्य रहेको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार