एप्पलको ‘आइप्याड मिनी’ बजारमा

११ कार्तिक २०६९, शनिबार १२:५१ मा प्रकाशित

क्यालिफोर्निया । एप्पल कम्पनीले आफ्नो ७.९ इन्चवाला आइप्याड मिनी बजारमा उतारेको छ । यसरी अब एप्पल पनि सानो टेबलेटको बजारमा प्रवेश गरेको छ ।
आप्याड मिनीको मोटाई ७.२ एमएम छ भने यसको तौल लगभग तीन सय ग्राम मात्र छ । यसको घोषणा अमेरिकाको क्यालिफोर्नियामा गरिएको हो ।
आइप्याड मिनीको १६ जिबी स्टोरेजवाला वाई–फाई–वन्लीको सुरुवाती मोडलको मोल्य ३२९ डलर छ जबकि सेल्युलर क्षमतावाला १६ जबिीकै आइप्याड मिनीको मूल्यचाहिँ ४ सय ५९ डलर तोकिएको छ ।
आइप्याड मिनीको सोझो टक्कर गूगल तथा अमेजनको तर्फबाट उतारिएको सोही आकारको टेबलेटसँग हुने अनुमान गरिएको छ ।
एप्पलका उपाध्यक्ष फिल शिलरले लन्चका अवसरमा बताएअनुसार आइप्याड मिनी यसै वर्षको मार्चमा ल्याइएको तेस्रो ँिढीको आइप्याडको तुलनामा २३ प्रतिशत ज्यादा पातलो र ५३ प्रतिशत हलुका छ । अमेरिकाका अलावा एशिया र युरोपका तीन दर्जन देशमा २ नोभेम्वरदेखि यो टेवलेट कम्प्युटर पठाइने जानकारी पनि शिलरले दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिंगटन । अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना

एजेन्सी । सन् २०२० को सुरुवातमा विश्वभर कोरोनाभाइरसको महामारी फैलियो । कोरोनको कहरकाबीच विश्वका केही स्थानमा ५जी मोबाइल टावरमाथि हमला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीकाे मनपरी नियन्त्रण गर्न र गल्ती गर्नेलाई तुरुन्त कारबाही

काठमाडौं ।फेसबुककी एक पूर्वकर्मचारीले फेसबुक कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, सम्बन्ध बिगार्ने र मुलुकको प्रजातन्त्रलाई कमजोर बनाउने गरेको