रोवोटले गर्यो मुटूको अपरेशन

११ कार्तिक २०६९, शनिबार १२:३३ मा प्रकाशित

लण्डन । लण्डनको वोल्वरहेप्टनस्थित न्यू क्रस अस्पतालका सर्जनहरुको टिमले एक बेलायती महिलाको मुटुको अपरेशन एक रोबोटको माध्यमबाट गर्ने सफलता पाएको छ । बेलायतमा पहिलो मानिएको उक्त अपरेशनको लागि सर्जनहरुले ‘द भिञ्ची’ नामक रोवोटको प्रयोग गरेका थिए । डाक्टरहरुले परिस्किृत क्यामराको मद्दतबाट नियन्त्रण कक्षमा बसेर उक्त, अपरेशन सञ्चालन गरेका थिए ।
२२ वर्षकी नेटली जोन्सको मुटूमा एक प्वाल थियो जसलाई ठिक पार्नका लागि अपरेशन अत्यावश्यक थियो । डाक्टरहरुको भनाईअनुसार यसरी रोवोटमार्फत् गरिएको अपरेशन रोगीका लागि परम्परागत सर्जरीभन्दा पनि सुरक्षित हुन्छ । सामान्य तरिकाबाट गरिने मुटूको अपरेसनमा रोगीको छातीमा लामो चिरा पार्नुपर्छ तर रोवोटबाट गरिने अपरेशनमा त्यहाँ सानो भाग मात्र चिरेर काम निकाल्न सकिन्छ । यस प्रक्रियाबाट अपरेशन गर्दा दुखाई पनि अत्यन्त सामान्य मात्र हुन्छ र अपरेशनलगत्तै बिरामी आफ्नो दैनन्दिन काममा फर्कन सक्छ ।
यसरी रोबोटको माध्यमबाट यसअघि स्वीडेन र फिनल्याण्डमा मुटूको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा र इन्टरनेट सेवा प्रदायक कम्पनीकाे मनपरी नियन्त्रण गर्न र गल्ती गर्नेलाई तुरुन्त कारबाही

काठमाडौं ।फेसबुककी एक पूर्वकर्मचारीले फेसबुक कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने, सम्बन्ध बिगार्ने र मुलुकको प्रजातन्त्रलाई कमजोर बनाउने गरेको

न्युयोर्क । करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ। शनिबार