विनिता करोड क्लव ज्वाइन

८ चैत्र २०६८, बुधबार १२:४८ मा प्रकाशित

छ एक्ट्रेस विनिता बराललाई जसले करोड क्लव ज्वाइन गरेकी छिन् । ‘चपली हाइट’ले करोड ग्रस मार्क गर्ने वित्तिकै उनलाई यो संज्ञा मिलेको हो । ऋचा शर्मा (लुट) र निशा अधिकारी (फस्टलभ)मात्र करोड क्लवका सदस्य एक्ट्रेस थिए । ‘चपली हाइट’मा विनिता केन्द्रिय पात्र हुन् । उनको भूमिकालाई लिएर समिक्षकहरूले प्रशंसा गरेका छन् । विनिताको यो डेब्यु सिनेमा हो ।

ब्लकबस्टर ‘लुट’मा ऋचा को–एक्ट्रेस थिइन् । ‘लुट’ले तीन करोडमाथि आम्दानी गरिसकेको छ । ‘फस्टलभ’को कूल ग्रस १ करोड ९० लाख थियो जहाँ निशा लिड एक्ट्रेस हुन् । हुन त ऋचा पनि ‘फस्टलभ’की एक्ट्रेस हुन तर क्रेडिट निशालाई जान्छ । ‘चपली हाइट’ले यो आम्दानी गर्न विनिताले अनेकौं कन्ट्रोभर्सीसँग सम्झौता गर्नुपर्‍यो । बोल्ड सिन पस्किएको भन्दै विनितालाई रेखा थापाले समेत नम्बर वान हिरोइन भनेकी थिइन् ।

‘चपली हाइट’ले चौंथो दिनमा ओभरसिजसहित १ करोड ०५ लाख ग्रस कलेक्सन गरेको छ । चौंथो दिनसम्म उसको अलनेपाल कलेक्सन ९६ लाख छ । पाँचौ दिनको कलेक्सनले अलनेपाल करोड मार्क गर्ने सम्भावना निर्विवाद छ । अभिनेतातर्फ सौगात मल्ल, प्रशान्त तामाङ र आर्यन सिग्देलमात्र करोड क्लवका सदस्यहरू हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग