आत्मघाती बम विष्फोटमा ४१ को मृत्यु

११ कार्तिक २०६९, शनिबार १२:११ मा प्रकाशित

अफगानिस्तान, ११ कात्तिक । उत्तरी अफगानिस्तानस्थित एक मस्जिदबाहिर शुक्रबार भएको आत्मघाती बम हमलामा कम्तीमा ४१ जनाको ज्यान गएको छ । फारयाव प्रान्तको राजधानी मायमनामा मानिसहरु इदको नमाज अदा गर्नका लागि मस्जिदमा एकत्रित भइरहेको समयमा बम धमाका भएको थियो । बम विस्फोट त्यस्तो बेला भयो जब ईदको अवसरमा राष्ट्रपति हमिद करजाईले राष्ट्रको नाममा सम्बोधन गर्दै तालिबानहरुलाई हिंसा छोडेर राजनीतिक मूलधारमा आउन अपिल गरिरहेका थिए । हमलामा करिब ५० जना घाइते भएका एजेन्सीहरुले जनाएका छन् ।
हमलाका प्रत्यक्षदर्शी एवम् अधिकारीहरुका अनुसार ईदको नमाज समाप्त हुनेवित्तिकै आत्मघाती हमलाकारीले मस्जिदनजिकै पुगेर आफैलाई बम विस्फोटको माध्यमबाट उडाएका थिए ।
प्रान्तीय सरकारका केही वरिष्ठ नागरिक तथा प्रहरी अधिकारीहरु पनि त्यतिबेला नमाज पढिरहेका थिए, तर कुनै वरिष्ठ अधिकारीलाई गम्भीर क्षति नपुगेको बताइएको छ । मारिनेमध्ये धेरैजसो सर्वसाधारण नागरिक र तल्ला तहका केही प्रहरी जवान रहेको बताइएको छ ।
मस्जिदमा सुरक्षाको प्रवन्ध राम्रो थियो र पनि हमलाकारी चार सुरक्षा चौकी पार गरेर मस्जिदसम्म पुग्नुलाई अधिकारीहरुले नै आश्चर्य मानेका छन् । अफगानिस्तानको फारयाव प्रान्त तुलनात्मक रुपमा अपेक्षाकृत शान्त मानिँदै आएको क्षेत्र हो । तर पछिल्ला दिनमा यहाँ हिंसात्मक घटनामा वृद्धि हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ ।

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । भारतले एक