अमेरिकी सेनामा नेपाली युवा बने वर्ष सैनिक

११ कार्तिक २०६९, शनिबार ०८:३७ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । तीन साताअघि भर्जिनियाको फोटी लीमा भएको प्रतिस्पर्धामा आफ्नो बहादुरी, कौशल र विवेक देखाएपछि सरल श्रेष्ठ अमेरिकी सेनाको ‘वर्ष सैनिक २०१२’ घोषित भएका छन् । अमेरिकी सैनिक समाचार सेवाका अनुसार उत्कृष्ट सैनिक पुरस्कार हासिल गर्ने नेपाली युवा सरल अमेरिकी सेनाको विद्युत् उत्पादक उपकरणका प्राविधिक हुन् भने उनीसँगै सर्जेन्ट म्याथ्यु सेन्नाले उत्कृष्ट अधिकृतको पुरस्कार पाएका छन् ।
गतसाता वासिङटन डिसीमा आयोजित एक समारोहबीच दुवैलाई अमेरिकी सेनाका उपप्रमुख ल्लोयद अस्टिनले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा अमेरिकी सेनाका सर्जेन्ट मेजर रेमन्ड चान्डलरले यो एउटा पूर्ण सैनिकको अवधारणा भएको उल्लेख गर्दै भने, ‘प्रतिस्पर्धा अत्यन्त तीव्र थियो, प्रतिस्पर्धामा भाग लिने जो पनि यसको हकदार हुन सक्थ्यो । हामीले उनीहरूलाई शारीरिक र मानसिक दुवै तनाव दियौं, दबाबका बेला सिर्जनशीलतालगायत विचारको चुनौती दिइएको थियो, जसले आफ्ना उपलब्धिप्रति विजेताहरूले गर्व गर्नुपर्छ ।’
उच्च शिक्षा हासिल गर्न १७ वर्षको उमेरमै सन् २००६ मा अमेरिका पुगेका श्रेष्ठ २००९ मा अमेरिकी सेनामा प्रवेश गरेका थिए । स्पेसलिस्ट पदमा रहँदा प्रतिस्पर्धामा भाग लिएका उनी पुरस्कृत हुँदा सर्जेन्टमा बढुवा भइसकेका थिए । नर्थ क्यारोलिनास्थित फोर्ट ब्रागमा दरबन्दी भएका सरलले अमेरिकी सैनिकका रूपमा अफगानिस्तानमा तीन वर्ष सेवा गरेका थिए । आफ्नो सफलतामा आफ्नी श्रीमतीको ठूलो योगदान रहेको सरलले बताएका छन् । कम्प्युटर एन्ड इन्फर्मेसन साइन्समा स्नातक गरेका उनको पुख्र्यौली घर काठमाडौं नक्सालमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ