न्युयोर्क टाइम्स छाप्छ, चिनिया प्रधानमंत्री वेनले दुई अर्ब डलर भ्रष्टाचार गरे

११ कार्तिक २०६९, शनिबार ०६:२७ मा प्रकाशित

न्युयोर्क, ११ कात्तिक । चिनिया प्रधानमंत्री वेन जियाबाओको  राजनीतिबाट संन्यास लिने तयारी संगै न्युयोर्क टाइम्सले उनको परिवारजनले करिब २. ७ अर्ब डलर सम्पति अनधिकृत रुपमा जम्मा गरेको आरोप लगाएको छ । तर चीनले आरोपको औपचारिक खण्डन गरेको छ । न्युयोर्क टाइम्सले वेनले प्रधानमन्त्री हुदाको आफ्नो कार्यकाल १९९२ देखि २०१२ सम्म यति ठुलो अनधिकृत सम्पति परिवारजनको नाउँमा जम्मा गरेका हुन् । न्युयोर्क टाइम्सको समाचार अनुसार वेनले प्रधानमन्त्री हुदाको आफ्नो कार्यकालमा उनको परिवारका सदश्य र नातेदारहरु भाई, छोरा, छोरी र जुवाई अचानक धनि बन्न सफल रहे । समाचारमा दावी गरिएको छ, ‘प्रधानमन्त्री पत्नी र नातेदारहरुको आर्जित स्रोत नखुलेको अनाधिकृत सम्पति करिब २. ७ अरब डलर छ । स्रोत नखुलेको अनाधिकृत सम्पति मध्य स्रोत नखुलेको थप सम्पतिहरु ठुला कम्पनीहरुमा लगानी गरिएको छ भने थप नातेदारहरुको नाम खुल्न सकेको छैन ।’ समाचार अनुसार उनकी पत्नी झांग बिएलिले सरकारी हिरा कम्पनी मार्फत अनाधिकृत रकम नातेदारहरुको नाउँमा बिमा र घर जग्गा जस्ता क्षेत्रमा लगानी गरेका छन् । तर खबर कपोकल्पित भएको भन्दै चिनिया विदेश मन्त्रालयले खण्डन गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता हांग लीले यो खबर चीनलाई बद्नाम गर्ने षड्यन्त्र भएको दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी