डेनमार्कमा दशैं कार्यक्रम सम्पन्न

११ कार्तिक २०६९, शनिबार ०१:०० मा प्रकाशित

प्रकाश ढकाल, कोपनहेगन । महान चाड दशैंमा आफनो जन्म भूमि अनि घर र परिवारसंग टाढा रहे पनि प्रवासमा रहेका नेपालीहरु एकताबद्ध भएर महान चाड दशैं मनाउने गर्दछन। संसारको जुन कुनामा बसे पनि आफनो संस्कृति र चाडपर्वमा भने नेपालीहरु विशेष ध्यान दिने गरेको पाइन्छ। यस्तै गरी डेनमार्कमा करीब एक हजार हाराहारीको संख्यामा रहेका नेपालीहरूले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विविध कार्यक्रमका साथ महान चाड दशैं मनाएका छन।

विगतका वर्षहरुमा कुनै न कुनै खालको संस्कृतिक कार्यक्रम गरी जमघट भएर रात्रीभोज सहितको शुभकामना आदान प्रदान गर्ने कार्यक्रमकै निरन्तरता अनुसार यो वर्ष पनि विविध सांस्कृतिक कार्यक्रम सहित दशैं कार्यक्रम र नेपाली दुतावासले आयोजना गरेको टीका जमरा सहितको गरी दुई भिन्दा- भिन्दै कार्यक्रम सम्पन्न भएका छन। दुतावासले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्नो परम्परा अनुसार नेपालीहरुलाई निम्ता गरी टीका जमरा सहित दिवाभोजको आयोजना गरी दशैं मनाएको छ। दुतावासको उक्त दशैं कार्यक्रममा डेनमार्कका लागी राजदुत मुक्ति नाथ भट्टले आगन्तुक नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै टीका र जमरा लगाई दिएका थिए। दुतावासको उक्त कार्यक्रममा स्थानीय डेनिश नागरीकहरुले समेत टीका जमरा ग्रहण गरेका थिए। दुतावासका मिनस्टर कंसुलर प्रकाश कुमार सुवेदीका अनुसार दिवा भोज सहितको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नेपालीहरु उपस्थित थिए।

यसै गरी यसपालीको अर्को दशैं कार्यक्रम डेनमार्कमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको दशैं कार्यक्रम हो जसमा एन आर एन, जनसम्पर्क समिति, जनप्रगतिशील मञ्च, नेपाल लोकतान्त्रिक मञ्च, प्रवासी एकता समाज र विधार्थीहरुको संस्था नेपलीज़ स्टुडेंट नेटवर्किंग फोरम लगायतले संयुक्त रुपमा आयोजना गरेका थिए। उक्त कार्यक्रममा नेपाली राजदुत मुक्ति नाथ भट्ट, एन आर एन का अध्यक्ष मोहन राज मिश्र, जनप्रगतिशील मञ्चका अध्यक्ष उदय राज गौतम, जनसम्पर्क समितिका अधक्ष यामलाल सुवेदी, नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष कृष्ण प्रसाद पौडेल, प्रवासी एकता समाजका अध्यक्ष विनोद प्रसाद कोइराला लगायतले दशैंको शुभकामना दिएका थिए। शुभकामनामा उनीहरूले हामी सबैमा एकता हुन सके सकारात्मक सन्देश जाने र आगामी दिनहरुमा पनि यस्तै एकता रहिरहने प्रतिबद्धता जनाए।

उक्त कार्यक्रम रात्रिभोज सहितको दशैं कार्यक्रम मात्र नभइ नेपालका जीरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण के. सी.ले दर्शकहरुलाइ भरपुर मनोरञ्जन प्रदान गरे भने लोकआधुनिक गायक राम चन्द्र काफले र जुनु रिजाल काफ्ले पनि आफ्नो कला मार्फत भरपुर मनोरंजन प्रदान गरे। करीब पाँच सय नेपालीहरु उपस्थित रहेको उक्त दशैं शुभकामना सांझ कार्यक्रममा दर्शकको ठुलो उपस्थितिले आफुहरुलाई निकै हौशला प्रदान गरेको कलाकारहरुले बताए। बिशेषत: चाडपर्व हरुमा गरिने यस्ता खालका कार्यक्रममा नेपालीहरुको उपस्थिति र उल्लासबाट प्रवासमा रहे पनि आफनो कला संस्कृतिप्रति उत्तिकै लगाव रहेको मान्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।