एमाले युवा सभासद्हरूद्वारा पार्टी नेतृत्वको ध्यानाकर्षण

८ चैत्र २०६८, बुधबार १२:०० मा प्रकाशित

काठमाडौ, ८ चैत । समयमा शान्ति र संविधान लेखनका लागि दबाब दिने उद्देश्यले गठित एमाले युवा सभासद्हरूको दबाब समूहले आज पार्टी नेतृत्वलाई भेटी बाँकी रहेको काम चाँडो टुङग्याउन आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा नेतृत्वलाई आफूहरुले शान्ति र संविधानका लागि निर्णायक भूमिका निर्वाह गर्न ध्यानाकर्षण गराएको दबाब समूहका संयोजक सभासद् यामलाल कँडेलले जानकारी दिनुभयो । यसैगरी आफूहरूले अहिलेसम्म दबाब लागि गरिरहेको गतिविधि बारे पनि जानकारी गराएको कँडेलले बताउनुभयो । नेताहरूले समयमै शान्ति र संविधानका काम सक्याउन पार्टीले गम्भीरतापूर्वक सकेको प्रयास गर्ने बताएको पनि उहाँले बताउनुभयो । संविधानसभाको म्याद सकिन अब ६८ दिन मात्र बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–