बाबा पेपर मिलबाट कर्मचारी निष्काशित

१० कार्तिक २०६९, शुक्रबार २२:०४ मा प्रकाशित

काठमाडौं, १० कात्तिक । सुनसरीको नरसिंहस्थित बाबा पेपर मिलमा कार्यरत ४२ जना मजदुरलाई व्यवस्थापन पक्षले निष्कासन गरेको छ। जम्मा ३ सय पचास मजदूरमध्ये दैनिक ज्यालादारीको रुपमा कार्यरत एक सय नौ जनाबाट ४२ जनालाई मिलले निष्कासन गरेको हो। निष्काशन प्रक्रिया जारी रहेको र यो पहिलो चरण मात्र भएको मिलले जनाएको छ ।
मिल व्यवस्थापन पक्षले बिनाकारण दैनिक ज्यालादारीमा कार्यरत मजदुरलाई निष्कासन गर्ने योजना अनुसार निष्कासन गरेको भन्दै मजदूर नेताहरुले बिरोध जनाएका छन् । निष्कासनमा परेका मजदुरले मिलको गेटमा नाराबाजी गदै चरणबद्ध आन्दोलन गर्ने घोषणासमेत गरेका छन्।
आन्दोलनका कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।
शुक्रबार मुख्य गेटमा नाराबाजी गरेपछि मजदुरले छुटै हाजिरीमा हाजिर गरी फर्किए।
लोडसेडिङ्का कारण विद्युतको चरम समस्या भोग्नुपरेकाले गर्दा निष्कासन गर्नुपरेको स्पष्ट पार्दै मिलले पछि विद्युत् आपूर्ति नियमीत भएर कामदारको आवश्यकता भएमा तिनै मजदुरलाई फिर्ता बोलाइने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको