संविधानसभा पुनःस्थापन हुन नसक्ने, केही दिनमै निर्वाचनबारे सहमति हुने : कोइराला

१० कार्तिक २०६९, शुक्रबार २१:५१ मा प्रकाशित

नेपालगञ्ज, १० कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीले केही दिनमै चुनावबारे लिखित निर्णय गर्ने बताएका छन् । संविधानसभा पुनःस्थापना हुन नसक्ने र ताजा निर्वाचनमा जानुपर्नेमा विगतमा पार्टीमा समझदारी बनेको दाबी गर्दै उनले लिखित निर्णय नभएका कारण केही नेताहरु पुनःस्थापनाको पक्षमा लागेको बताए।
नेपालगन्जमा आज शिक्षक तथा निजामती कर्मचारी युनियनको संयुक्त भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले अहिलेको अवस्थामा नयाँ निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए।
सरकार हटाउन नेकपा (एमाले) लगायतका विपक्षी दलहरुसँग समन्वय गरेर वार्ता र सडक आन्दोलन सँगसँगै लैजाने बताउँदै उनले कात्तिक २४ गतेदेखि हुने सरकारविरोधी मोर्चामा सशक्तरूपमा उत्रिन कार्यकर्तालाई निर्देशनसमेत दिएको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१