हिरासतबाट थुनुवा फरार

१० कार्तिक २०६९, शुक्रबार २१:३८ मा प्रकाशित

काठमाडौं, १० कात्तिक । अवैध रूपमा हरियो काठ कटान गरी उदयपुर जिल्लाकोृ सदरमुका गाईघाटमा बिक्री गरेको अवस्थामा पक्राउ परेका त्रियुगा नगरपालिका(५ बेहडवाका सुकराम चौधरी र जोगिदह(५ हाटखोलाका दीपक अधिकारी फरार भएकोा चार दिन बित्दा पनि पक्राउ पर्न सकेका छैनन् । वन कार्यालयका सशस्त्र सुरक्षा कर्मी दसैंको मनोरन्ज गर्दै मादक पर्दाथ सेवन गरेर लट्ठ भएको मौका छोपी उल्लेखित थुनुवा फरार भएका थिए ।
सुरक्षाकर्मी मदिरामा लठ्ठ भएको समयमा लोडसेडिङ भएको थियो भने सोही मौका छोपी थुनुवा चौधरी र अधिकारी भागेका थिए । भागेकाहरूको खोजीका लागि सशस्त्र वन रक्षक, नेपाल प्रहरीको विशेष टोली परिचालन गरेको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ । जिल्ला वन कार्यालयको हिरासतको सुरक्षा हतियारसहित चौबीसै घण्टा सशस्त्र वन सुरक्षकर्मीले गर्छन् । अवैध काठ ओसार(पसारका क्रममा नेपाल प्रहरीले असोज २८ गते उनीहरूलाई सदरमुकाम गाईघाट बजारबाट पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई

इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

खोटाङ । खोटाङमा गरिब परिवारमा आत्महत्या दर बढी पाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/०७८ को आत्महत्याको