पौडेल खुलेरै संविधानसभा पुनःस्थापनको पक्षमा

१० कार्तिक २०६९, शुक्रबार २१:२९ मा प्रकाशित

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कदम पछ्याउँदै संविधानसभा पुनःस्थापनाको विरोध गरेर निर्वाचनको रट लगाउनेहरुलाई निकासको उपयूक्त विकल्प दिन चुनौति दिएका छन् । रिपोर्टर्स क्लब नेपालले पौडेल निवास बोहराटारमा शुक्रबार गरेको साक्षात्कारमा उपसभापति पौडेलले आफू मुलुकलाई संबैधानिक र राजनीतिक जटिलताबाट निकास दिने अभियानमा रहेको दाबी समेत गरे । उनले आफ्नै धारणाको खण्डन गर्ने लवजमा भने– ‘मैले पुनःस्थापनाको कुरा गरेको होईन, संविधानका सबै विवादित विषयमा सहमति बने जारी गर्न मात्रै पुनःस्थापनाको कुरा गरेको हुँ ।’
नयाँ निर्वाचनमा जान पनि संबैधानिक बाटो अवरुद्ध रहेको दावी गर्दै पौडेलले संबैधानिक आयोगलाई रिक्त हुन नदिन कति संख्याको कस्तो निर्वाचन हुने भन्ने विषयमा समेत बाटो खोल्नु जरुरी रहेको बताए । उनले जनादेशमा जाने बाटो खोल्नु आवश्यक रहेको उल्लेख गर्दै यसको लागी पनि सहमति हुन जरुरी भएको उल्लेख गरे र त्यसै निर्वाचन निर्वाचन भनेर हुँदैन भन्ने ‘सुझाव’ दिए । नेपाली काग्रेसले निकासको स्पष्ट बाटो दिन नसकेकोप्रति असन्तुष्टि प्रकट गर्दै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सविधानको विवादित विषयमा सहमति भए पुनःस्थापना वा निर्वाचनमा जाने भन्ने प्रस्ताव विचाराधीन रहेको जानकारी दिए ।
नयाँ संविधान बनेर निर्वाचन नभएसम्म राष्ट्रपति कायम रहने उल्लेख गर्दै संविधानको संरक्षक भएको नाताले संबैधानिक संकट आएको बेला राष्ट्रपतिको भूमिका स्वभाविक रुपमा हुने बताए । उनले अब पार्टीहरुले आन्दोलन र वार्तालाई सँगसंँगै अगाडि बढाउने जानकारी दिदै आन्दोलनपछि राष्ट्रपतिको भूमिका झनै बढेर जाने दावी गरे । प्रधानमन्त्री, एमाओवादी र मधेसी मोर्चाको नियत नै सत्ता निकास दिने भन्दा पनि सत्ता लब्याउने रहेकोले पनि लोकतन्त्रको रक्षाकोलागी अहिलेको सत्तारुढ गठबन्धन तोड्न आन्दोलन अपरिहार्य रहेको दावी गरे । उनले भने– ‘अबको आन्दोलन कुर्सिको लागी मात्रै नभई लोकतन्त्रको रक्षा र अधिनायकवादको अन्त्यको लागी हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार