नेपाली महिला टिम एसीसी महिला ट्वान्टी ट्वान्टीबाट बाहिरियो

१० कार्तिक २०६९, शुक्रबार १९:४७ मा प्रकाशित

काठमाडौ, १० कार्तिक । श्रीलंकासँग पराजित भएको नेपाली महिला क्रिकेट टोली शुक्रबारको दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएपछि चीनको ग्वान्जाओमा जारी एसीसी महिला ट्वान्टी–ट्वान्टी क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । शुक्रबारको दोश्रो पराजयपछि नेपाल समूह बी को पुछारमा छ । दोस्रो खेलमा नेपाल आज बङ्गलादेशसँग ९ विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य बङ्गलादेशले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै भेट्टायो । बङ्गलादेशको १ विकेट करुणा भण्डारीले लिईन । यसअघि बङ्गलादेशको कसिलो बलिङ्ग सामु निरिह बनेको नेपालले १९ ओभर ३ बलमा ४५ रनमा समेटिएको थियो । टस हारेर व्याटिङ्ग गरेको नेपालले १० रन अतिरिक्त पाएको थियो । नेपालका लागि नेरी थापाले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन । कप्तान रुबिना क्षेत्री २ चौका प्रहार गर्दै ९ रनमा आउट भइन । ओपनर रेखा रावल खाता नखोली पेभेलियन फर्किइन भने सरीता मगर र करुणा भण्डारी पनि डकआउट भए । सीता राना मगर ३, रोशनी बोहरा ४, नीरा राजोपाध्याय ५ तथा रश्मी चौलागाई र सोनु खड्का १ रनमा आउट भए । नेपालले अब समूह चरणको अन्तिम खेल आगामि सोमबार चीनसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति