निर्वाचनको लागि सहमती गरौ: एमाओवादी अध्यक्ष दाहाल

१० कार्तिक २०६९, शुक्रबार १०:३२ मा प्रकाशित

भक्तपुर, १० कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा जुट्ने बेला आएको बताएका छन् । बिहीबार साँझ भक्तपुरको तेखापुखुमा इन्द्रेणी सांस्कृतिक समाजले आयोजना गरेको १२ औँ नेपाल भाषा सम्मेलन एवम् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले राष्ट्रपतिसँग भएको भेटघाटमा अब निर्वाचनमा जाने र यसका लागि दलहरुबीच सहमति कसरी गर्ने भन्नेबारे छलफल भएको र राष्ट्रपति पनि निर्वाचनमा जानका लागि सकारात्मक रहेको बताए । एमाओवादी अध्यक्ष दाहालले नेपालका सबै भाषाभाषी, दलित, उत्पीडित वर्गको पहिचान दिने गरी संविधान बन्ने या नबन्ने भन्नेबारे अन्योल जारी नै छ भन्दै संविधान निर्माणका लागि एमाओवादी अन्तिम समयसम्म लडिरहने दृढता व्यक्त गरे । राति अबेरसम्म सांस्कृतिक कार्यक्रम गरिएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार