राष्ट्र सङ्घका महासचिव वानको नेपाल भ्रमण स्थगित

८ चैत्र २०६८, बुधबार ११:५५ मा प्रकाशित

काठमाडौ, ८ चैत । संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनको नेपाल भ्रमण स्थगित भएको छ । महासचवि मुन आउने वैशाख १६ गते लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आउने कार्यक्रम रहेको थियो । सरकारी उच्च स्रोतका अुनसार लुम्बिनी सम्मेलनको तयारी पूरा नभएको र शान्ति प्रक्रियासमेत अगाडि नबढेकोले वानका भ्रमण स्थगित भएको हो । यसअघि नेपाल सरकारले गठन गरेको वृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशन समितिले महासचिव वान नेपाल आउने निश्चित भइसकेको जनाएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समितिका संयोजक रहनुभएको छ । केही महिनाअघि न्यूयोर्क पुगेर प्रचण्डले महासचिव वानलाई भ्रमणका लागि निम्तो दिनुभएको थियो । सरकारले पनि वानलाई नेपाल आउन औपचारिक पत्राचार गरेको जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार