जर्जियामा दशैँ बिशेष सांस्कृतिक कार्यक्रम

१० कार्तिक २०६९, शुक्रबार ०९:४० मा प्रकाशित

तारा कुँवर, जर्जिया, अमेरिका । जर्जियाको एटलान्टामा बडा दशैँको अवसर परेर नायक राजेश हमाल सहितको नेपाली कलाकारहरुको समुहले बिशेष सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका छन् | नायक हमालको साथमा चर्चित नेपाली नायिका करिश्मा मानन्धर, सारंगा श्रेष्ठ, आसिमा अर्याल, नायक सरोज खनाल, किरण केसी र गायक सुनिल उप्रेतीले बिशेष सांस्कृतिक कार्यक्रममा आ आफ्नो कला प्रश्तुत गरेका थिए । कार्यक्रममा दर्शकहरुको ठुलो उपस्थितिको कारण धेरै दर्शकहरुले कार्यक्रम हेर्न बाट बन्चित हुनु परेको थियो । यति धेरै कलाकारहरुको उपस्थिति रहेको कार्यक्रम जर्जियामा पहिलो पटक आयोजना गरिएको हो । कार्यक्रमको आयोजना स्थानीय समाजसेवी राजा घलेले गर्नु भएको थियो । यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिटी मेयर ईमानुल रान्सोन र सभापतित्व राजा घलेले गर्नु भएको थियो । कार्यक्रमको संचालन उद्दघोषकद्दय सूर्य थापा र रक्षा खत्रीले गर्नु भएको थियो । कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरुले कार्यक्रममा सहभागी नायक नायिकाहरुले अभिनय गरेका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । नासाका पूर्व अदक्ष्य राजा घले , नासाका वर्तमान अध्यक्ष संजिव सापकोटा, नागका अध्यक्ष प्रणय लामा , ब्यापारी दीपक पहारी तथा प्रलाद पन्त लगायतका व्यक्तिहरुले त्यहाँ उपस्थित कलाकारहरुलाई खाता लगाईदिएर स्वागत गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा राजा घलेले सहभागीताको लागि धन्यवाद दिए पछि कार्यक्रमको बिसर्जन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।