चितवनका असहायहरुका लागि बेल्जियमवाशीहरुको तर्फबाट २६ लाख रुपियाँको अक्षय कोष स्थापना

१० कार्तिक २०६९, शुक्रबार ०९:१२ मा प्रकाशित

जानकी गुरुङ, बेल्जियम, १० कार्तिक । बेल्जियमममा बसोबास गर्ने नेपालीहरुको परोपकारी संस्था क्याटको पहलमा चितवनका असहायहरुको स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउने गरि स्थापना गरिएको एनआरएनको अक्षय कोषमा २६ लाख ८१ हजार ५४४ नेपाली रुपियाँ जम्मा गरेका छन् । उपस्थिति रहेको उक्त समारोहमा एनआरएन अन्तरराष्ट्रिय समन्वय समितिका सल्लहाकार विश्वकान्त मैनाली, युरोप संयोजक कुमार पन्त, परोपकारी कार्यदल सहायक प्रमुख तथा रसियाका केन्द्रिय सदस्य सपिला राजभण्डारी, एनआरएन बेल्जियमका अध्यक्ष जानकी गुरुङ, क्याट बेल्जियमका सदस्य रफी शाह चितवन जिल्लाका प्रशासन प्रमुख, सुरक्षा प्रमुख, उद्द्योग बाणिज्य प्रमुख, रेड्क्रस प्रमुख, राजनीतिक तथा सामाजिक ब्यक्तित्वहरु, पत्रकारहरु र ठुलो संख्यामा स्थानिय जन जनताको उपस्थिती रहेको थियो । चितवन जिल्लामा जन्मी हुर्की बिदेश गएर आफ्नै जिल्लाका गरीब दुखी प्रती समर्पण भाब देखाउने सहयोगिमनहरुको प्रतिनिधित्व गर्दै नारायणगढ आई पुगेका समाजसेवीहरुलाई स्थानिय महिला समुहले परम्परागत रुपमा भब्य स्वागत गरेका थिए । अक्षय कोष स्थापना समारोहका अध्यक्षता चितवन सहायता कोष बेल्जियमका कोशाध्यक्ष राम चन्द्र सापकोटाले गर्नु भएको थियो । कार्यक्रमको सन्चालन चितवन सहायता कोषका संस्थापक अध्यक्ष तथा एनआरएन परोपकारी कार्यदलको सदस्य सिता सापटाले गर्नु भएको थियो भने स्वागत मन्तब्य क्याट तथा एनआरएन बेल्जियम सल्लाहाकार पुष्प राज अधिकारिले गर्नु भएको थियो । अक्षय कोष स्थापना समारोहको उद्देश्य माथि एनआरएन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ्ले प्रकाश पार्नु भएको थियो । एनआरएन बेल्जियम अध्यक्ष जानकी गुरुङ्ले परोपकारको काममा सहकार्य गर्ने सहयोगी हातहरुलाई धन्यबाद ज्ञापन गर्नु बह्येको थियो भने क्याट बेल्जियमको तर्फबाट दाता महानुभाबहरुलाई आभार प्रकट गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्