राष्ट्रपति ओबामालाई भोट दिनु अल्पसंख्यक अमेरिकीहरुको हितमा: हरी शर्मा

१० कार्तिक २०६९, शुक्रबार ०५:५४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १० कार्तिक । डेमोक्र्याट पार्टी लाउडन काउन्टी भर्जिनियाका कोषाध्यक्ष एवं नेपाली मुलका अमेरिकी युवा राजनीतिज्ञ हरी शर्माले आशन्न निर्बाचनमा नेपाल र नेपालीको हितैषी र सुभेच्छुक साथै अल्प संख्यक इमिग्रेन्टहरुको हितमा काम गर्नु भएका राष्ट्रपति बराक ओबामालाई भोट दिन आग्रह गर्नु भएको छ । शर्माले राष्ट्रपति बराक ओबामासंगको आफ्नो भेटमा भएको कुराकानीको सन्दर्भ सुनाउदै ओबामा दोश्रो कार्यकालको लागि निर्बाचित भएमा नेपाल भ्रमण गर्ने तयारीमा रहेको समेत जानकारी दिनु भयो । शर्माले दिएको जानकारी अनुसार राष्ट्रपति बराक ओबामा नेपाल र नेपालीको हितैषी र सुभेच्छुक हुनुहुन्छ । शर्माका अनुसार उहाँसंगको भेटमा राष्ट्रपति ओबामाले नेपाल भ्रमण प्राथमिकतामा राखेको जानकारी दिनु भएको थियो । युवा राजनीतिज्ञ शर्माले राष्ट्रपति ओबामाले अघि सारेको एजेन्डाले अल्पसंख्यक समुदायको साझा मुद्दा शिक्षा, स्वास्थ्य र रोजगारमा सहज र सुलभ पहुँच निर्माण गर्ने हुदाँ उनको दल डेमोक्र्याट पार्टीलाई मत दिनु नेपाली मुलका अल्पसंख्यक समुदाएको हितमा हुने दावी समेत गर्नु भएको छ । राष्ट्रपति ओबामाको कुशल नीतिकै कारण उनको चार बर्षको कार्य कालमा धरासायी हुन लागेको अमेरिकी अर्थ तन्त्र गतिशील र सुध्रिढ़ हुदै जानु, बेरोजगारीको चपेटामा परेको रोजगार बजार सुधार उन्मुख रहनु, ईराक र अफगान युद्दले धुमिल बनेको अन्तराष्ट्रिय छबी बिस्तारै सकारात्मक हुनु र इमिग्रेन्टहरुको हितमा अमेरिकामा रहेका अनधिकृत निर्दोष बालबालिकाहरुलाई कानुनि हैसियत प्रदान गर्नु जस्ता उल्लेख्य कामहरुका कारण पनि आसन्न निर्बाचनमा डेमोक्र्याट र ओबामालाइ भोट दिनु अल्पसंख्यक र इमिग्रेन्ट अमेरिकनहरुको बृहत्तर हितम हुने शर्माको दावी थियो । नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरुको बिषयमा कुराकानी गर्दै शर्मालेले राष्ट्रपति ओबामाले अघि सारेको ‘ओबामा केयर’ मध्यम बर्गीय इमिग्रेन्ट अल्पसंख्यकहरुको लागि सुलभ र कम खर्चिलो स्वास्थ्य योजना भएको हुदाँ आसन्न राष्ट्रपति निर्बाचनमा बराक ओबामालाइ मत दिन नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरुसंग बिशेष आग्रह समेत गर्नु भएको छ । नेपाली मुलका अमेरिकी राजनीतिज्ञ शर्माको दावी थियो, ‘नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरु राष्ट्रपति बराक ओबामाले अल्पसंख्यकहरुको हितमा अघि सारेको ओबामा केयर सुलभ र कम खर्चिलो स्वास्थ्य योजना, शिक्षामा सहुलियत, कर दर नबढाउने लोक कल्याणकारी कार्यक्रमहरुका आधारमा पनि आसन्न निर्बाचनमा ओबामा र उनको दललाई मत दिनु नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरुको कर्तब्य हुन्छ ।’ शर्माले पहिलो पुस्ताको नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरुलाई अमेरिकी मुलधारमा स्थापित हुन र नीति निर्माणमा पहुँच पुर्याउन सहज हुने राष्ट्रपति ओबामा र उनको दललाई मत दिनु जरुरि छ । नेपाली मुलका अल्पसंख्यक अमेरिकीहरुको साझा एजेन्डा भनेको अमेरिकी समुद्यामा सक्रिय सहभागिता जनाउदै आफुलाई अमेरिकी राजनीतिको मुलधारमा सहभागी हुने’, शर्माको भनाइ थियो । नेपाली मुलका अमेरिकीहरुको बसोबास रहेको क्षेत्र ग्रेटर वाशिंगटन र कमान वेल्थ भर्जिनिया वाशीहरुलाई शर्माको बिशेष आग्रह थियो, ‘आसन्न निर्बाचनमा राष्ट्रपति ओबामा र यस क्षेत्रका उम्मेदबार जो वागेन, टिन केन र क्रिष्टिन क्यारललाई समेत मत दिनु होला ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार