प्रचण्डको पटक पटक कुरा फेर्ने बानी सहमतिको बाधक: उपसभापति पौडेल

९ कार्तिक २०६९, बिहीबार २३:२४ मा प्रकाशित

दमौली, ९ कात्तिक । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीनै सहमतिको बाधक भएको आरोप लगाएका छन् । तनहुँको दमौलीमा सञ्चारकर्मीसँग आज कुरा गर्दै उपसभापति पौडेलले एमाओवादीका अध्यक्ष नै संविधान, सङ्घीयता र लोकतन्त्रविरोधी भएको आरोपसमेत लगाए । पौडेलले प्रचण्डले पटक पटक कुरा फेर्ने गरेकाले एमाओवादीलाई विश्वास गर्ने वातावरण बन्न नसकेको बताए । पौडेलले भने काँग्रेसले सत्ताभन्दा पनि संविधान बन्नुपर्छ भन्ने चाहना राखेको छ । अबको आवश्यकता नयाँ चुनाव नै भएको जनाउँदै काँग्रेस नेता पौडेलले त्यसका लागि पनि संविधान संशोधन तथा निर्वाचनसम्बन्धी ऐनहरू निर्माणका लागि बाटो खोल्नु पर्ने बताए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले