एसएलसी दिन गएका दुई विद्यार्थीसहित दुर्घटनामा पाँचको मृत्यु

८ चैत्र २०६८, बुधबार ११:५२ मा प्रकाशित

काठमाडौ, ८ चैत । एसएलसी परीक्षा दिन मोटरसाइकलमा गएका भक्तपुरका दुई विद्यार्थीसहित मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यू भएको छ । बा ४८ प ७१७ नम्बरको मोटरसाइकलमा आज बिहान भक्तपुरको गुन्डु गाविस वडा नं ९ सरस्वती शिक्षा सदनबाट परीक्षा दिन भक्तपुरको जगातेस्थित आदर्श आजाद मावि केन्द्रमा गएका दुई विद्यार्थीको केन्द्र नजिकै पुगेपछि भएको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो । दुर्घटनामा गुन्डु गाविसकै सन्तोष देउजाको घटनास्थलमै ज्यान गएको छ भने अर्का मोटरसाइकलमा सवार झापा घर भई भक्तपुरको सल्लाघारी सिर्जनानगर बस्ने विकास लामाको काठमाडाँै मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा आएको मोटरसाइकल जगातेस्थित भक्तपुर आयल स्टोर नजिकैको मोडमा मोड्न खोज्दा अनियन्त्रित भई नालीमा खसेर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक चक्र बस्नेतले जानकारी दिनुभयो । देउजाको शव भक्तपुर अस्पताल र लामाको शव काठमाडाँै मेडिकल कलेजमा राखिएको छ । शव परीक्षणका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइने प्रहरीले जनाएको छ
त्यसैगरी सप्तरीको महुली बजारमा आज बिहान भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने २९ भन्दा बढी यात्रु घाइते भएका छन् । उदयपुरको गाईघाटबाट धरानतर्फ जाँदै गरेको ना २ ख १३५५ नम्बरको शेर्पा ट्राभल्स पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली बजारमा अनियन्त्रित भई पल्टिँदा बसमा सवार उदयपुरको बोक्सेका रुद्र राउतको मृत्यु भएको हो । मृतक अन्य दुईजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताउनुभयो । परिचय खुल्ने कागजात मृतकको साथबाट फेला नपरेको र घाइतेलाई उपचारका लागि राजविराज, धरान तथा विराटनगर पठाइएको हुँदा सनाखत हुन नसकेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । अत्यधिक गतिमा रहेको बसले सडक पार गर्दै गरेको बाख्राको समूहलाई बचाउन खोज्दा बजारमा रहेको चौतारामा ठोक्किएर बस पल्टेको स्थानीय रेडक्रसका सभापति चितनारायण यादवले जानकारी दिनुभयो । जिल्लामा उपलब्ध आठ एम्बुलेन्स, स्थानीय मारुती तथा म्याजिक भ्यान मार्फत घाइतेलाई उपचारका लागि पठाइएको स्थानीय रेडक्रस सोसाइटीका सभापति चितनारायण यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत