रिपब्लिकन नेता रिचर्ड मर्डोकको बलात्कार सम्बन्धि विवादास्पद अभिव्यक्तिले रोम्नीलाई पार्यो अफ्ट्यारो

९ कार्तिक २०६९, बिहीबार २१:३६ मा प्रकाशित

अमेरिका (एजेन्सी)। बलात्कार सम्बन्धि रिपब्लिकन नेता रिचर्ड मर्डोकको विवादास्पद अभिव्यक्तिले राष्ट्रपति उम्मेदबार मिट रोम्नीलाई संकट पूर्ण अवस्थामा पुर्याएको छ । राष्ट्रपति ओबामा र उनका समर्थकहरु यो मुद्धालाई जोड तोडका साथ् उठाउने तयारीमा जुटेका छन् । ओबामा र उनका समर्थकहरु रिचर्ड मर्डोकको विवादास्पद टिप्पणीलाई आधार बनाएर अमेरिकी महिला मतदाताहरुको ध्यान आकृष्ट गर्ने रणनीतिमा जुटेका छन् । मर्डोकले भनेका थिए बलात्कार संगै गर्भधारणको पछाडी भगवानको इच्छा लुकेको हुन्छ । ओबामाका प्रवक्ता जेनले भने यस्तो भद्दा टिप्पणीले महिलाहरुलाई अपमानित महसुस गराउन बाध्य पार्छ । स्मरणीय के छ भने  यस अघिनै अमेरिकी महिलाहरुको ठुलो संख्याले ओबामालाई साथ र समर्थन दिदै आएको छ । विश्लेषकहरुको अनुमानमा आसन्न राष्ट्रपति चुनावमा महिलाहरुको भोटले निर्णायक भूमिका निर्बाह गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ ।

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । भारतले एक

आजको प्रमुख समाचार