नेपाली जनसम्पर्क समिति, न्यूयोर्क च्याप्टरको शुभकामना कार्यक्रम सम्पन्न

९ कार्तिक २०६९, बिहीबार १९:५४ मा प्रकाशित

जनेश गुरुङ, न्यूयोर्क । यही सेप्टेम्बर २०, २०१२ शनिवारको दिन स्थानीय जाक्सन हाइट स्थित भीम क्याफेमा नेपाली जनसम्पर्क समिति, न्यूयोर्क च्याप्टरले बडा दशैं, दीपावली र छट पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। उक्त कार्यक्रममा न्यूयोर्कका नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा नेपाली जनसम्पर्क समितिका शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मुलुकको लोकतान्त्रिक आन्दोलनको धरोहरकोरुपमा रहेको जनताले भरोसा गर्ने ऐतिहासिक लोकतान्त्रिक दल भएको नाताले नेपाली कांग्रेसले मुलुकमा विध्यमान राजनीतिक अन्योलता एवं संवैधानिक रिक्तताबाट देशलाई सफलतापूर्वक निकास दिनको निमित्त अब कांग्रेसले यो जिम्मेवारी लिनुपर्दछ जसका निमित्त कांग्रेसले अहिले मुलुकको वर्तमान राजनीतिक व्रितमा देखिएका विविध समस्याहरूको निकासको निमित्त आफ्ना धारणा यथाशीघ्र स्पष्ट पार्न जरुरी भएको कुरासमेत राखेका थिए । कांग्रेस अरुको कारणले होईन आफ्नै कारणले कमजोर बन्दै गएको अवस्थामा अब कांग्रेस लोकतन्त्र र मुलुककै निमित्त एक ढिक्का भएर जान अत्यावश्यक भएको कुरा वक्ताहरूले औँल्याएका जोशी, ने.का.का. वरिष्ठ नेता त्रैलोक्य प्रताप सेन, नेपाली कांग्रेसका उत्तर अमेरिकाको प्रतिनिधि

म्रिदुला कोइराला, विष्णु सुवेदी, जनेश गुरुङ, मुनीन्द्र नेम्बाङ, वंसलाल तामाङ, मिङ्मा शेर्पा, शारदा क्षेत्री, गोमा सेन, विश्व शाह, विजय थुलुङ, प्रमोद सिटौला, रोशन ढुंगाना, महेश मल्ल, नवीन शेरचन ,छिरिङ तोप्के लामा, तिलक श्रेष्ठ, सुवर्ण लामा, चित्र बस्नेत, मनोज कुमार शर्मा, मकेन्द्र ब सिंह लगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस