एमालेले पुनर्स्थापनाको ढोका बन्द गरिसक्यो : ज्ञवाली

९ कार्तिक २०६९, बिहीबार १९:४० मा प्रकाशित

रुपन्देही, ९ कातिक । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेले संविधानसभा पुनर्स्थापनाको ढोका बन्द गरेको बताउनभएको छ । गुल्मीको जनबोध उच्च माध्यमिक विद्यालय रानीबासमा भएको चियापान कार्यक्रममा ज्ञवालीले परिणाम ननिस्कने निष्कर्षका साथ पार्टीले पुनर्स्थापनाको ढोका बन्द गरेको बताउनुभयो ।संवैधानिक व्यबस्था गरी नयाँ चुनावमा जानुको विकल्प नभएको उहाँको भनाइ थियो । दलहरुबीच गत जेठ २ गते भएको सहमति अनुसार ३ सय ७६ सिटको लागि चुनाव गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । संविधान जारी भएपछि ३ सय ११ जनाको प्रतिनिधि सभा र ६५ को राष्ट्रिय सभा गठन गर्न सकिने ज्ञवालीले बताउनुभयो । वर्तमान सरकार रहेसम्म दलहरुबीच सहमति जुटन नसक्ने दावी गर्दै उहाँले वर्तमान सरकारको विस्थापन पहिलो सर्त भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय