मुस्ताङमा तीन विदेशी पर्यटकको मृत्यु

९ कार्तिक २०६९, बिहीबार १९:३७ मा प्रकाशित

म्याग्दी, ९ कार्तिक । मुस्ताङमा आज बिहान भिन्नाभिन्नै स्थानमा तीन पर्यटकको निधन भएको छ । जोमसोम गाविसस्थित कालीगण्डकीमा रहेको काठेपुलबाट नदीमा खसेर २५ वर्षीय इजरायली नागरिक कोहेन क्रेनको मृत्यु भएको हो । त्यस्तै म्याग्दी हुदैन धौलागिरि हिमाल आरोहण गरेर मुस्ताङको हिडन भ्यालीमा आइपुगेपछि लेक लागेका ५३ वर्षीया जर्मन नागरिक एलके हेइनिङको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । यसैगरी सुर्खाङ गाविसको घारामा त्रिपालभित्र सुतिरहेका ६२ वर्षीय अस्ट्रेलियन नागरिक जोसेफ जोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजेन्द्र पोख्रेलले बताए । इजरायली र जर्मन नागरिकको अस्पताल ल्याउँदा मृत्यु भइसकेको जिल्ला अस्पताल जोमसोम मुस्ताङका डा अच्युतभक्त अधिकारीले जानकारी दिए। बिहान करिब ७ बजे कालीगण्डकीमा खसेका इजरायली नागरिकको उद्धारमा तत्कालै नेपाल प्रहरी परिचालन गरिएको थियो । अत्यन्तै चिसो रहेको कालीगण्डकी नदीमा खसेका इजरायली नागरिकको शव करिब तीन किलोमिटर तल करिब ८:३० बजे मार्फा गाविसको स्याङ्मा मृत अवस्थामा भेटिएको थियो । उनी कसरी काठेपुलबाट खसे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । इजरायली नागरिकको शव जिल्ला अस्पतालमा राखिएको छ । जर्मन नागरिक हेइनिङको शव परीक्षणपछि दूतावासमार्फत सम्बन्धित परिवारलाई बुझाउन हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । अस्ट्रेलियन नागरिकको शव हेलिकप्टरबाट ल्याउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय