गरिबीले आत्महत्या गरेका धन बहादुर परियारको परिवारलाई अर्जुन मैनालीको आर्थिक सहयोग

९ कार्तिक २०६९, बिहीबार १०:५५ मा प्रकाशित

अमेरिका, ९ कार्तिक । नेपाली मुलका अमेरिकन रक्तदाता एवं समाजसेवी अर्जुन मैनालीले माडी, चितवनका बाह्र बालबालिकाका एक्ला अभिबाबक धन बहादुर परियारले दशै अघि आफ्नो बालबच्चा र श्रीमतीलाई दशैं मनाउन नसक्ने गरिबीको कारण आत्म हत्या गरेको समाचारले मर्माहत हुदै सोक सन्तप्त परिवारको नाबालिक बालबालिका र बिधुवालाई पन्ध्र हजार नेपाली रुपियाँ आर्थिक सहयोग प्रदान गर्नु भएको छ । रक्तदाता एवं समाजसेवी मैनालीले आर्थिक विपन्नताको कारण आत्मा हत्या गरेका अबिभाबक धन बहादुर परियारको परिवारजनको लागि एक बर्षको लागि खाद्यान्न र आर्थिक उपार्जन हुने कार्यको लागि आगामी ३ महिनामा उनको अमेरिकामा हुने आम्दानीबाट थप तिस हजार नेपाली रुपियाँ सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । साथै समाजसेवी मैनालीले सोक सन्तप्त परिवारको भरण पोषण र शिक्षाका लागि सहयोग गर्न समस्त नेपाली मुलका प्रवाशीहरुलाई आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।