थियोनभिलमा नेपाल प्रवर्धन कार्यक्रम

९ कार्तिक २०६९, बिहीबार ०९:३७ मा प्रकाशित

पेरिस । फ्रान्सको राजधानी परिसबाट करिब ३ सय २० किमि उत्तरपूर्वमा अवस्थित ऐतिहासिक थियोनभिल शहरमा पेरिसस्थित नेपाली दूतावास, थियोनभिल मेरी तथा लोराँन् नेपालको संयुक्त आयोजनामा नेपाल प्रवद्र्धन कार्यक्रमको आयोजना भएको छ । थियोनभिलका मेयर बर्टान मेर्ज लगायत उपमेयर तथा अन्य अधिकारीहरु, थियोनभिल प्रिफेक्चारका उपप्रशासक फ्रेन्कोइस मर्जोरारिटीलगायत सो शहरका व्यापारिक समुदाय, ट्राभल एजेन्टहरु र अन्य विभिन्न क्षेत्रका गन्यमान्य व्यक्तिहरु गरी करिव २ सय पाहुनाहरु कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रम सुरु हुनुअघि फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठलाई थियोनभिलका मेयर मेर्जले औपचारिक रुपमा मेरीको हलमा स्वागत गर्नुभएको थियो । सोही अवसरमा वाइन उत्पादनको लागि प्रख्यात मोसेल प्रान्तमा रहेको वाइन प्रोडक्टस् कन्फेडेरेक्सनको तर्फबाट मेयर तथा अन्यको उपस्थितिमा राजदूत श्रेष्ठलाई सम्मान गरी अंगुरका बिरुवाहरु नेपाल पठाउनका लागि हस्तान्तरण गरियो । ती बिरुवाहरु चिसो वातातवरणमा हुर्काउन सकेमा नेपालका ग्रामिण भेकका जनताको आर्थिक जीवनस्तर उकास्न निकै मद्दत पुग्ने थियो भनी म्यागासेसे पुरस्कार विजेता महावीर पुनको विशेष अनुरोधमा राजदूत श्रेष्ठले सहयोगका लागि थियोनभिल शहरलाई गुहार्नुभएवापत प्राप्त भएको बताइएको छ ।
मेयर मेर्ज र राजदूत श्रेष्ठले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा मन्तव्य दिँदै मेयर मेर्जले नेपाल एक सुन्दर मुलुक भएको आफूले सुनेको र नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउनुभयो भने थियोनभिलका उपप्रशासकले थियोनभिलमा प्रथम पटक यस प्रकारको नेपाल प्रवद्र्धन कार्यक्रम आयोजना भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
कार्यक्रममा फ्रेन्च भाषामा मन्तव्य दिँदै राजदूत मोहनकृष्ण श्रेष्ठले नेपालको सौन्दर्य र विभिन्न विशेषताहरुबारे प्रकाश पार्नुभयो । लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिँदै उहाँले बुद्ध जन्मेको पावन भूमिको भ्रमण गरेर आनन्द प्राप्त गर्न सुझाव दिनुभयो । फ्रान्स र नेपालबीच रहिआएको सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै राजदूत श्रेष्ठले सम्बन्धमा थप योगदान दिन सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डले तयार पारेको डकुमेन्ट्रीको प्रस्तुतिले नेपालका सुन्दर पक्षहरुको थप उजागर गरेको थियो ।
श्रीमती स्मिता मानन्धरले सञ्चालन गर्नुभएको कार्यक्रममा सुश्री अलिशा गुरुंग, बिमल बसेल र बाबु थापाले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए । लक्जम्वर्गस्थित स्वागत रेष्टुरेन्टका सञ्चालक श्रीबालकृष्णको सहयोगमा नेपाली दूतावासले तयार पारी पस्केको नेपाली खाना अतिथीहरुले मिठो मानी थपी–थपी भोजन गरेका थिए ।
यसैबीच लोराँन् नेपाल र दूतावासले साताव्यापी रुपमा आयोजना गरेको नेपालसम्बन्धी फोटो प्रदर्शनीमा जिज्ञासुहरुको भीड लागेको थियो । फोटोग्राफर मिस जेनिफरले खिचेका आकर्षक तस्बीरहरुका साथमा नेपाली बालबालिकाहरुका तस्बीर प्रदर्शनमा राखिएका थिए । सोही अवसरमा नेपाल पर्यटन बोर्डको सौजन्यमा प्राप्त नेपालसम्बन्धी प्रचारप्रसारका सामग्री निशुल्क वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु