मनमोहन सिंहको प्रचार गरेरे पद टिकाउने पोखरेलको दाउ

८ चैत्र २०६८, बुधबार ०९:३९ मा प्रकाशित

काठमाडौं, ८ चैत । शैक्षिक गतिविधिहरू सञ्चालन र नियमन गर्ने निकायका रुपमा सृजना गरिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) बजेट खेलाउने निकायको रुपमा परिणत भएपछि वीर अस्पताल थप लथालिङ्ग बनेको छ । राजनीतिक भागवण्डामा कांग्रेससको तर्पmबाट दुई वर्षअघि प्रतिष्ठानको उपकुलपति पाएका डा. दामोदर पोखरेलले अस्पतालमा हुने सम्पूर्ण काम कारबाहीहरू आपूm अनुकुल हुनुपर्ने प्रावधान राखेपछि पोखरेल र निर्देशक डा. बुलन्द थापाबीच सामान्य बोलचाल समेत हुन छाडेको छ । अस्पतालमा खरीद, मर्मत तथा अन्य कुनै खर्चको निम्ती अस्पताल निर्देशक हु“दै फाइल न्याम्स पुग्नुपर्ने हुन्छ तर डा. पोखरेलले सामान्य फाइलहरू पनि कमिशनकै कारण सदर नगर्ने प्रवृत्तिको विकास गरेका कारण महत्वपूर्ण उपकरणहरूको टेण्डर हुनु त परै जाओस् अस्पतालको एक्सरे मेसिन समेत विग्रेर कामै नलाग्ने अवस्थामा पुगेको छ । पोखरेलको भ्रष्ट र कमिशन मोहका कारण मुलुककै पूरानो अस्पतालमा भर्ना हुने निमुखा विरामीहरू थप मारमा पर्दै आएका छन् । पोखरेलले सामान्य मर्मत गरे चल्ने उपकरणहरूलाई मर्मत गर्नु भन्दा पनि नया“ खरिद गरेर करोडौं कमिशन खाने दाउमा जुटेको अस्पताल स्रोत बताउ“छ । ‘मुगुमा एक्सरे छैन’ भनेर ठूलो स्वरमा हल्ला गर्ने देशका मिडियाले देशकै पुरानो र गरिव जनताको लागि खोलिएको अस्पतालमा एमआरआई नहुनु र सीटीस्क्यान चल्ने भन्दा पनि बढी विग्रने तथ्यलाई किन नजरअन्दाज गरिरहेका छैनन ? किन उपकरणहरू राम्रोस“ग प्रयोगमा नआउ“दै विग्रन्छन ? स्रोतका अनुसार बीर अस्पतालमा रहेको सीमार्जु ब्र“ण्डको सीटीस्क्यान मेसिन विग्रेको छ महिना नाघिसक्दा पनि पोखरेलले उक्त उपकरण बनाउन नदिएको वीरमा चर्चा छ । उक्त मेसिनको मर्मतका लागि ८० लाख भन्दा बढी निकासा भए पनि वास्ताविक लागत भने १० लाख पर्ने अस्पताल स्रोतले थप बतायो । पोखरेलले यस्तै उपकरण मार्पmत कमिशन कुम्ल्याउ“दै आएका छन् । अस्पतालका निर्देशक डा. बुलन्द थापाले वीरलाई न्याम्सले आंगिक रुपमा लिएको र उपकरण खरिदमा आप्mनो कुनै हात नहुने बताए । कमिशनकै कारण उपकुलपति पोखरेलले अत्यावश्यक उपकरण भेन्टिलेटर टेण्डर गर्न समेत दिएका छैनन् । जवकि कतिपय अवस्थामा नीजि अस्पतालमा भेन्टिलेटर नपाएपछि खोज्दा खोज्दै विरामीको ज्यान जाने गरेको छ ।
ट्रमा सेन्टरमा पोखरेलको दादागिरी
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल प्रतिष्ठानको मातहतमा गाभिएपछि उपकुलपतिले अधिकारको दुरुपयोग गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश पाएका डाक्टर माधवप्रसाद दाहाल र अर्का एक डाक्टरलाई पदको दुरुपयोग गर्दै पोखरेलले गत २०६४ भदौ ४ गते करारमा नियुक्त गरेपछि उनी विवादमा तानिएका थिए । अख्तियारले पोखरेललाई उक्त नियुक्ति रद्द गर्न पत्र पठाएपनि पोखरेलले भने अख्तियारको पत्र नै गुपचुप पारेर राखेका थिए । तर चौतर्फी विरोधपछि पोखरेलले उक्त निर्णय सच्याएका थिए । अस्पतालको प्रत्येक ठाउ“मा हस्तक्षेप गर्ने तर काममा तदारुकता नदेखाउने पोखरेलले चौविसै घण्टा खुल्ला रहने इमरजेन्सी जस्तो ठाउ“मा आपूm अनुकुल डाक्टर राख्न नपाएपछि त्यहा“ अवरोध गर्दै आएका छन् भने कुर्सी मोहका कारण उनी नियम अनुसार कामै नगरी असक्षमता प्रदर्शन गर्दै आएको इमरजेन्सीमा कार्यरत एक कर्मचारी बताउ“छन् । वीर अस्पतालमा अठार वटा नया“ सेवा विस्तार भएको ठाउ“मा नया“ पदपूर्ति गर्नुपर्नेमा पोखरेलकै असक्षमताका कारण रिक्त दरवन्दीको पदपूर्ति समेत भएको छैन । उपकुलपति पोखरेलले ट्रमा सेन्टर र वीर अस्पतालको सुधारका बारेमा दोहोरो भूमिका निर्वाह गरेकोप्रति कर्मचारीहरूले आपत्ती जनाएका छन् । ट्रमा सेन्टर र वीर अस्पतालको बारेमा गठित मन्त्रालयका सहसचिव सूर्य आचार्यको समितिमा रहेका पोखरेलले निर्णय भएका कतिपय बु“दाका बारेमा असहमति जनाउ“दै भित्रभित्रै कर्मचारीहरूलाई उचालेर वीर अस्पताल नै ठप्प बनाउन खोजेको बुझिएको छ । आचार्यको समितिले ट्रमा सेन्टर र वीर अस्पताललाई अलग–अलग राख्नुपर्ने र ट्रमा सेन्टरको निर्देशक सरकारले नियुक्ति गर्नुपर्ने सुझावसहित प्रतिवेदन तयार पारी स्वास्थ्य मन्त्री राजेन्द्र महतोलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा पोखरेलले हस्ताक्षर समेत गरेका छन् । तर वीर अस्पतालका सबै कर्मचारी यूनियनहरूले त्यस बारेमा असहमति जनाएपछि पोखरेलले भने आपूm बाध्यतामा परेर हस्ताक्षर गरेको बताउन थालेका छन् । उनले ट्रमा सेन्टरको निर्देशक पदमा आपूm अनुकुल व्यक्ति ल्याउनका लागि ५० लाखसम्म चलखेल गरेका थिए । तर अब भने भ्रष्टमन्त्री महतोले ट्रमा सेन्टरमा सिधै ५० लाखको खेल खेल्न पाउने गरी नियम बदलेका छन् । उता, दुर्घटना र प्रक्रोपका घाइतेको उपचार गर्न बनेको इमरजेन्सी एण्ड ट्रमा सेन्टर भने पोखरेलकै कारण शुरु हुन नसक्ने भएको छ । भारतले झण्डै १ अर्व लगानी गरेर बनाएको दुई सय शैयाको सुविधासम्पन्न ट्रमा सेन्टर सञ्चालन गर्न नदिन पोखरेल नै भित्रभित्रै लागेको कर्मचारीहरूको आरोप छ । ट्रमा सेन्टरमा आपूm अनुकुल निर्देशक र कर्मचारी भर्ना गर्न नपाउने भएपछि पोखरेल ट्रमा सेन्टरको बाधक बनेका हुन् । आप्mनो पद टिकाउनका लागि जे पनि गर्न पछि नपर्ने पोखरेलले भारतीय प्रधानमन्त्री मनमोहन सिंह नेपाल आउने प्रचार गरेर ट्रमा सेन्टरमा राजनीति गरेको स्रोतको दावी छ । भारतीय प्रधानमन्त्री सिंह नेपाल आएर ट्रमा सेन्टरको उद्घाटन गर्ने प्रचार गरेपछि स्वाथ्यमन्त्री महतोले आपूmलाई अधिकार सुम्पने जस्तो गलत मनासय बोकेका पोखरेलले ट्रमा सेन्टरको बारेमा सिन्को पनि भा“च्न सकेका छैनन् । ट्रमा सेन्टरको तयारीका लागि आवश्यक पर्ने पूर्वाधारको काम गर्न नसकेपछि पोखरेललाई भारतीय दुतावासले पटक–पटक स्पष्टिकरण लिइसकेको छ । तर पोखरेल भने कहिले स्वाथ्य सचिव त कहिले मन्त्रीलाई दोष थोपरेर जिम्मेवारीबाट पन्छिदै आएका छन् । यहा“सम्मकी ट्रमा सेन्टरमा लाइनिङ्गको काम समेत भएको छैन भने पोखरेल विद्युत प्राधिकरणलाई दोष थोपर्न पछि पर्दैनन् । तर ट्रमा सेन्टरमा सबै काम सम्पन्न भएको भन्दै पोखरेलले दिंदै आएको अभिव्यक्तिप्रति वीर अस्पतालका एक डाक्टर भन्छन्–‘भारतीय प्रधानमन्त्री सिंह नेपाल आएको खण्डमा ट्रमा सेन्टरको उद्घाटन गर्दा केही फरक पर्दैन, तर उद्घाटन गरेर सेवा दिन सक्ने विषय महत्वपूर्ण हो ।’ पद जोगाउनका लागि पोखरेलले ट्रमा सेन्टर उद्घाटन गराउन लागिपरेको तर उद्घाटन गरेपनि सेवा भने शुरु हुन नसक्ने वीरका कर्मचारीहरू बताउ“छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–