अमेरिका नेपाल व्यवसायी संघमा मनोनयन

९ कार्तिक २०६९, बिहीबार ०२:४७ मा प्रकाशित

प्रकाश थापा, न्यूयोर्क, अमेरिका । नेपाली व्यवसायीहरुको छाता संगठन अमेरिका नेपाली व्यवसायी संघ, अमेरिका नेपाल चेम्बर अफ कमर्स को अक्टोवर २१ मा बसेको वैठकले केन्देरिय समितीमा ५ जना केन्द्रिय सदस्य र सल्लाहकारको मनोनयन गरेको छ ।

अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न टेलि कन्फरेन्स वैठकमा संघको सल्लाहकारमा अमेरिकाका लागि अबैतनिक नेपाली वाणिज्यदुत दुत प्रेमराजा महत,वरिष्ठ कानुन् विद खगेन्द्र जिसीलाई मनोनयन गरेको छ । त्यसै गरि संघले मेरिल्यान्ड बाट बिजय श्रेष्ठ , बासिङ्टन डिसी बाट लोकनाथ तिवारी, नेव्रास्का बाट डा अनि श्रेष्ठ नर्थ क्यारोलिनाका व्यवसायी मनोज लामा र अलास्का एवं न्यूयोर्कमा व्यवसाय गर्नु हुने समिर महर्जनलाई केन्द्रिय सदस्यमा मनोनयन गरेको छ ।
त्यसै गरि वैठकले संघको विधानलाई पारित गरेको छ । सदस्यता शुल्क हेरेक व्यवसाय र्फम संग एक सय डलर लिने निर्ण्र्ाागरेको छ । र वैठकले सदस्यता फारमलाई पारित गरेको छ । भने तिहार पछि संघले आफ्नो सदस्यता वितरण अभियान सम्पन्न गरेर संस्थाको प्रथम अधिवेशन भव्य रुपमा गर्न लक्ष्य लिएको छ । संघमा हालसम्म ३१ वटा विभिन्न राज्यबाट २४० ब्यापारीहरुले आवद्धता जनाइसकेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।